अछाममा मृगौला सम्बन्धि समस्या भयावह छ : डा.अग्रवाल

बयालपाटा अस्पतालका सह–निर्देशक डा. पवलन अग्रवालले अछाममा मृगौला सम्बन्धि समस्या भयावह रहेको बताउनुभएको छ ।

रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिका क्रममा उहाँले अछाममा मृगौला सम्बन्धी समस्या उच्च रहेको बताउनुभएको हो । बयालपाटा अस्पतालमा मात्रै सरदर दैनिक १५ देखि २० जना सम्म मृगौलासंग जोडिएको समस्या भएका बिरामीहरु आउने गरेको उल्लेख गर्नुभयो । बानि ब्याबहार तथा खानपानका साथै जीवनशैली स्वस्थकर नहुँदा मिर्गौला बिग्रनेको संख्या बढेको उहाँको भनाइ छ ।

वर्षमा एक पटक मात्रै भए पनि पिसाब र स्वास्थ्यको जाँच गराए मिर्गौलालाई जोगाउन सकिने डाक्टर अग्रवालले बताउनुभयो । यस्तै, मिर्गौलालाई स्वस्थ राख्न, स्वस्थ र सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, दिनमा कम्तीमा दस हजार पाइला हिँड्ने, फलफल एवं आवश्यक मात्रामा पानी पिउन पर्ने र बेलाबेला स्वास्थ्य जाँच गर्नुपर्ने उहाँको सुझाव छ । मृगौलामा केही समस्या भएमा खुट्टा सुन्निने, बिहान उठ्दा आँखाको डिल सुन्निने, पिसाब धमिलो आउने र राति सुतिसकेपछि पनि पटक–पटक पिसाब लाग्ने जस्ता लक्षणहरु देखिने अग्रवालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker