भारतमा सडक दुर्घटनामा परि बान्नीगढीका २ जनाको मृत्यु

मृतक वल साउँद र अमर साउँद
भारतमा सडक दुर्घटनामा परि अछामका २ जनाको मृत्यु भएको छ ।
भारतको छत्तीसगढ राज्यको रायपुरमा सडक दुर्घटनामा परि अछाम जिल्ला बान्नीगढी जयगढ गाउँपालीका वडा नम्बर ५ कालिका र वडा नम्बर २ जनालीकोट घर भएका २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुने बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका २७ बर्षका बल बहादुर साउँद र वडा नम्बर २ जनालीकोटका अन्दाजी ४५ बर्षका अमर साउँद रहेका छन ।
बुधबार राती करिव सवा ९ बजे रायपुर बजारमा मोटरसाईकलमा सवार रहेको उनीहरुलाई बसले ठक्कर दिदा दुवै जनाको मृत्यु भएको हो । मृतक दुवै जनाको भारतमै दाह सँस्कार गरिएको छ ।
दुर्घटनामा परि वडा नम्बर ५ कालिकाका भुपाल साउँद घाईते भएका छन ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस