Techie IT

कोरोना रोकथाममा अछामका बिकास साझेदार सँस्थाहरु एकमत


बिश्वमा त्रासको रुपमा फैलिरहेको कोरोनाभाईरस अर्थात कोभिड( १९ को रोकथाम नियन्त्रणका लागि अछामका बिकास साझेदार सँस्थाहरु एकमत भएका छन ।

जिल्लामा रहेका बिकास साझेदार सँघ सस्थाको तर्फबाट सहभागि सम्पुर्ण सरोकारवालाले चेतनामुलक पोष्टर, पम्पलेट तयार पारि वितरणका लागि भुमिका निर्बाह गर्ने प्रतिबध्दता जनाएका छन ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाको अध्यक्षतामा भएको बैठकमा सहभागि जिल्लामा काम गरिरहेका सबै बिकास साझेदार निकायका प्रतिनिधिले अछाममा भोलिबाट सँन्चालन हुने २ चरणको दादुरा रुबेला खोप अभियानलाई समेत सफल पार्न सहयोग गर्ने बताएका छन ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस