कोरोना सङ्क्रमण : शुदुरपश्चिममा आसंका गरिएका सबै आईसोलेसन वार्डमा

चीनबाट फर्किएका धनगढीका एक युवक सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन् । केही समयअघि चीनबाट फर्किएका युवक बीहिबार अस्पताल भर्ना भएका हुन् ।

सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश प्रसाद जोशीले ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल पुगेका युवकलाई आईसोलेसन वार्डमा राखिएको दिनेश खबरलाई बताए ।

चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस सङ्क्रमण भएको आशंकामा नमुना संकलन गरी काठमाडौँ पठाउने तयारी भइरहेका डाक्टर जोशीले बताउनुभयो ।

यसै बिच
भारतबाट अत्तरिया पुगेका संकास्पद तीन जनालाई सेती अस्पताल ल्याईयो ।
भारतको सुरतबाट अत्तरिया पुगेका संकास्पद तीन जनालाई सेती अस्पताल ल्याईएको छ ।

भारतमा कोरोना आशंका गरिएका एक महिला सहित तीन जना अत्तरिया पुगेको खवर प्राप्त भएपछि गोदावरी नगरपालिकाले उनीहरुलाई सेती प्रादेशिक अस्पताल पठाएको हो ।गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १ का अध्यक्ष शर्मानन्द भट्टका अनुसार तीन जनालाई मालाखेती अस्पतालको एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल पठाईएको छ ।

गोदावरी नगरपालिकाका अनुसार वडा नम्वर १२ का अध्यक्षलाई भारतबाट एक जनाले फोन गर्दै ति महिलामा कोरोनाको आशंका गरिएको र भागेर अत्तरिया आएको खवर गरेपछि उनीहरुको स्वास्थ्य परिक्षाणका लागि अस्पताल पठाईएको हो । उनीहरु गौरीफन्टा नाका हुँदै अत्तरिया पुगेका थिए।

प्रहरीका अनुसार नाकामा हेल्थ डेस्क भएपनि उनीहरु छलेर आएको हुन सक्ने अनुमान गरिएको छ। सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले स्वास्थ्य परिक्षणपछि मात्रै विस्तृत जानकारी हुने बताउनुभयो ।

उता
कोभिड–१९ कोरोनाको सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका बैतडीका पाँच नाका बन्द गरिएका छन् ।

पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो ।

बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker