मंगलसेन नगरपालिका द्वारा मासिक बुलेटिन प्रकाशन

नगरप्रमुख बोहराले गरे बिमोचन

मंगलसेन नगरपालिकाले मासिक बुलेटि प्रकाशन गरेको छ ।

नगरपालिकाका कामकार्यलाई खुला, पारदर्शी र प्रभावकारी बनाउनका लागि बुलेटिन प्रकाशन गरिएको हो । बुलेटिनको नगरप्रमुख पदमबहादुर बोहराले एक कार्यक्रमका विच बिमोचन गर्नुभयो ।

नगरप्रमुख बोहराले नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन र अन्य गतिविधि बाहिर ल्याउन बुलेटिन प्रभावकारि हुने बताउनुभयो ।


नगरपालिकाले सम्पाद गरेका मुख्य(मुख्य कामहरुलाई बुलेटिन मार्फत प्रकाशन गरिने जनाईएको छ ।

सूचनामूलक बुलेटीन मासिक रुपमा प्रकाशन गरिने नगरपालिकाले जनाएको छ । बुलेटिनमा नगरपालिकाले महिनाभरिमा सम्पादन गरेका मुख्य मुख्य कामकार्य, विभिन्न शाखाका गतिविधि, बित्तिय प्रगति, नगरपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था लगायत अन्य निकायका गतिविधिहरु प्रकाशन गरिदै जाने प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले बताउनुभयो । बुलेटिनलाई आगमि दिनमा परिस्कृत गर्दै लैजाने उहाको भनाइ छ ।

बुलेटिन बिमोचन कार्यक्रममा नगरप्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय बिशिस्ट अतिथि रहनुभएको थियो । नगरपालिकाका सम्पूर्ण कर्मचारीको सहभागीता रहेको कार्यक्रमको सञ्चालन योजना, प्रशासन तथा अनुगमन अधिकृत खकेन्द्र बहादुर सोडारिले गर्नुभएको थियो ।

यसैविच लोकसेवा आयोगबाट नगरपालिकामा नयाँ आएका कर्मचारीहरुलाई बधाई तथा स्वागत समेत गरिएको छ । प्राविधिक शाखा र शिक्षा शाखामा नयाँ आएका कर्मचारीलाई नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले स्वागत गर्नुभएको नगरपालिकाका एम आई एस अपरेटर होम बहादुर साउदले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker