अछामका तीन ठाउँमा कोरना लक्षित हेल्थ डेस्क स्थापना गरिदै
दश वटै स्थानिय तहमा क्वारेन्टाईन समेत राखिने

विश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड (१९) को संक्रमण जिल्लामा भित्रिन नदिन अछामका तीन ठाउँमा हेल्थ डेस्क स्थापना गरिने भएको छ ।
जिल्लाका मुख्य तीन् नाकामा हेल्थ डेस्क स्थापना गरिने भएको हो । सडक सञ्जालसँग जोडिएको अछामको पूर्वी सिमाना बेलखेत, पश्चिमि सिमाना चौखुट्टे र हवाई स्थल साँफेबगरमा हेल्थ डेस्क स्थापना गरिने अछामका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।
हेल्थ डेस्कको व्यवस्थापन सम्बन्धित स्थानमा रहेका स्थानीय तहले नै गर्ने उहाँले बताउनुभयो । चौखुट्टेमा रहने हेल्थ डेस्कको चौरपाटी गाउँपालिका, बेलखेतमा रहने हेल्थ डेस्कको पञ्चदेवल विनायक नगरपालिका र साँफे एयरपोर्टमा रहने हेल्थ डेस्कको साँफेबगर नगरपालिकाले स्वाथ्यकर्मी सहितको टोली पठाएर सञ्चालनमा ल्याउने श्रेष्ठले उल्लेख गर्नुभयो ।
हेल्थ डेस्कमा तत्कालका लागि कोरोना भाईरस फैलिन नदिने विभिन्न जानकारी मूलक सामग्री, बच्ने उपाय, सचेतनाका कार्यहरु गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाई छ ।