एसईइको सम्पुर्ण तयारी अछाममा पुरा (कुराकानी सहित)

यस बर्ष चैत्र ६ गते बाट सन्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसईइको तयारी अछाममा पुरा भएको छ ।

आउदो चैत्र ६ गते देखी १७ गते सम्म सन्चालन हुन लागेको एसइई परिक्षाको सम्पुर्ण तयारी अछाम जिल्लामा पुरा भएको हो । जिल्ला भरिनै मर्यादित र ब्यवस्थित ढंगबाट सन्चालन गर्न आवश्यक सम्पुर्ण तयारी पुरा गरिएको सम्पुर्ण शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीले बताउनु भएको छ ।

अछाम जिल्ला भरि जम्मा २४ वटा परिक्षा केन्द्रमा ४ हजार ६ सय ६६ परिक्षार्थीहरु सहभागी हुँदैछन । जसमा २ हजार २ सय ४९ छात्र र २ हजार ४५ हजार छात्रा गरि कुल ४ हजार २ सय ९४ जना तथा प्रविधिक धार तर्फ जम्मा १ सय ९ जना तथा गे्रड बृद्धि तर्फ २ सय ६३ जनाले यो बर्ष छुट्टा छुट्टै परिक्षा केन्द्रबाट एसइईको परिक्षा दिन लागेको उहाँले उल्लेख गर्नु भयो ।

गत बर्ष अछाम जिल्लामा २३ वटा केन्द्रबाट परिक्षा सन्चालन भएकोमा यस बर्ष बिद्यार्थीहरुको पाएक पर्ने ठाउँलाई हेरफेर गरि २४ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । साथै बिश्व त्रसित बनेको कोरोना भाइरसलाई मध्यनजर गर्दै प्रत्येक परिक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिने उहाँले जानकारी दिनु भयो ।

यसै बिच आज हामीले आउदो चैत्र ६ गते देखी सन्चालन हुन लागेको एसइई परिक्षाको तयारी के कती सम्पन्न भयो भनेर जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरी संग कुराकानी गरेका छौ ।
कुराकानी: लक्ष्मण गिरी ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker