Techie IT

जयगढमा ट्याक्टर दुर्घटना : एक जना घाइते


अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन ।

जिल्लाको बान्नीगढि जयगढ गाउँपालिका वडा नम्वर ३ धारासेनको थर्पुकाट्टेमा ट्याक्टर दुर्घटना भएको हो ।

रामारोसन गाउँपालिका वडा नम्वर ७ सुतारबाट जयगढ बजार आउँदै गरेको  से २ त २३४२ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सुतारका ४२ बर्षीय शेरे भण्डारी घाइते भएका छन ।

ट्याक्टर बिच सडकमा रोकि आफु सामान झार्ने क्रममा ट्याक्टरमा सवार ब्यक्ती झर्ने क्रममा एक्कासी क्वलोज दबेर दुर्घटना भएको हुन सक्ने ट्याक्टर चालकले बताएका छन ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घाइते भण्डारीलाई उपचारका लागी बयलपाटा अस्पताल पठाइएको जयगढ प्रहरी चौकीका हवल्दार धन बहादुर कैलाले जानकारी दिनु भयो ।


क्याटेगोरी : मुख्य समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस