Techie IT

आज राति १२ बजे देखि अछाम जिल्ला लकडाउन हुने


आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि अछाम जिल्ला लकडाउन हुने भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादबको अध्यक्षतामा बसेको जिल्ला बिपद् ब्याबस्थापन समितीको बैठकले जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको हो ।

सतर्कता अपनाउन अन्य जिल्लाबाट अछाम जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकल राति १२ बजेपछि बन्द हुने छन् ।


क्याटेगोरी : मुख्य समाचार, समाज, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!