जयगढ बजार बन्द गरिने

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजार बन्द गरिने भएको छ ।

बिश्व आक्रान्त पारिरहेको नोभल कोरोना भाइरस संक्रमणको सम्भावित अध्ययनलाइ मध्यनजर गर्दै अत्यावश्यक सामाग्री बाहेकका सबै पसल बन्द गर्ने बान्नीगढी जयगढ गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

नेपालमा पनि एक जना ब्यक्तिमा कोरोना संक्रमण भए संगै अछामका सम्पुर्ण स्थानीय तहहरुले बजार बन्द लगायतका पुर्व सावधानीहरु अपनाइरहेका छन ।

बान्निगढी गाउँपालिकाको सोमवारको कार्यपालिका बैठकले बजारमा खाद्यन्नका सामाग्री, पेट्रोलियम पदार्थको सहज आपुर्ती गर्ने बाहेकका अरु सबै पसल चैत्र ११ गते देखि बन्द गर्न निर्देशन दिने , भारतबाट गृह जिल्ला अछाम आउने नागरिकको तथ्यांक संकलन गर्ने लगायतका निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेश राज ढुंगानाले बताउनु भएको छ ।

साथै गाउँपालिकामा अत्यावश्यक सेवा बाहेकका सबै सेवा सुबिधा आजबाट चैत्र २१ गते सम्म बन्द गरिएको उहाँले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker