बन्दको मौकामा कालोबजारी गर्नेलाई छोडिन्न : उपाध्यक्ष साउँद

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले बजार बन्दको मौकामा कालोबजारी गर्न खोजे कडा कार्वाहि गर्ने बताउनु भएको छ ।
गाउँपालिकाले जयगढ बजार बन्दको आह्वान गरेको मौकामा कालोबजारी गर्नेलाई त्यसै नछाड्ने उपाध्यक्ष साउँदले बताउनु भएको हो ।
कोरोना भाईरसको सँक्रमणको जोखीमलाई मध्यनजर गर्दै गाउँपालिकाले जयगढ बजार बन्द गर्ने निर्णय गरेको मौका छोपी कालोबजारी गर्न खोजेमा तथा गरेको भेटिएमा कडा कार्वाहि गर्ने गाउपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका सँयोजक समेत रहनु भएका साउँदको भनाई छ ।
देश कोरोना भाईरसका कारण आक्रान्त बनेका बेला खाद्य बस्तु लगायतका सामाग्रीमा मनपरि दर कायम गरि कालोवजारी गर्न खोजेमा तथा गरेको भेटिएमा कुनै हालतमा नछोड्ने उपाध्यक्ष साउँदले उल्लेख गर्नुभयो ।
कोरोनाको सँक्रमण फैलीन नदिन गाउँपालिकाले बिभिन्न सतर्कता अपनाइरहेको उल्लेख गर्दै उपाध्यक्ष साउँदले सवैलाई सम्यँमित भएर बस्न आग्रह गर्नु भएको छ ।
कोरोनाको सँक्रमण रोक्न तथा जोखीम न्युनिकरण गर्न बान्नीगढी जयगढ गाउँपालिकाले विपद व्यवस्थापनका लागी २० लाख बजेट व्यवस्थापन गरेको उहाले जानकारी दिनुभयो ।
बान्नीगढी जयगढ गाउँपालिकाको सोमवार बसेको कार्यपालिका बैठककले कोरोनाको सँक्रमण फैलिन नदिन मँगलवारदेखी जयगढ बजार बन्द गर्ने निर्णय गरेको छ ।
यस अवधिमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका सवै पसल बन्द रहनेछन ।
क्याटेगोरी : मुख्य समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस