Techie IT

कोरोनाको संक्रमण फैलिन नदिन अभियान तिब्र : अध्यक्ष खड्का


विश्वनै कोरोनाको सन्त्रासमा आक्रान्त बनिरहेका बेला अहिले नेपालमा पनि उच्च सर्तकता अपनाउदै संघ प्रदेश र स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु सचेतना फैलाउन लागीपरेका छन ।

बिपत ब्यावस्थापन समिती अछामले जिल्लालाई आज रात्री १२ बजे पछि लक डाउन गर्ने निर्णय गरिसकेको छ ।

बान्नीगढि जयगढ गाउँपालिकाका सम्पुर्ण वडाहरुमा मास्क बितरण गर्ने कार्यलाई तिब्र पारिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताउनु भएको छ ।

गाउँपालिकाका तिन वटा वडामा आज मास्क बितरण गरिएको र बाँकी वडाहरुमा मंगलबार बितरण गर्ने उहाँले जानकारी दिनु भयो ।

जयगढ बजारमा अत्यावश्यकका जस्तै खाद्यान्न,इन्धनका पसल बाहेक सबै पसल मंगलबारबाट बन्द गर्ने निणय गरेकोले गाउँपालिकाले गरेका सम्पुर्ण निर्णहरुलाई सबैले पालना गर्नु पर्ने र आपत बिपतमा सबै नागरिक सचेत रहन जोड दिनु भयो ।

गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन ।


क्याटेगोरी : मुख्य समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस