अछाममा अनिश्चितकालीन कर्फ्यु आदेश

कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय अछामले अर्को आदेश नभएसम्मका लागि जिल्लाभरि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले हस्ताक्षर गर्नुभएको एक सूचनामा अछाम जिल्ला कोरोनाको सम्भावित सङ्क्रमणको उच्च जोखिममा रहेको हुनाले अत्यावश्यक बाहेकका अन्य सेवा अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) अनुसार नगर्न नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
यो आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिमको कारबाही गरिने समेत सूचनामा भनिएको छ । प्रशासन कार्यालयले जिल्लाभरि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि अहिले यहाँका प्रमुख बजारका पसल र यातायातका साधनहरु बन्द भएका छन् ।
अत्यावश्यक बस्तु तथा सेवा प्रवाह सम्वन्धी कार्य गर्दा समेत एक व्यक्तिदेखि अर्को व्यक्ति बीचको दुरी कम्तिमा ६ फिट टाढा हुनेगरी कारोबार गर्न पनि विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
त्यस्तै प्रशासनले भेला, आम सभा, सेमिनार, गोष्टि, धार्मिक तथा सांस्कृतिक मेला पर्व नगर्न नगराउन समेत उर्दी जारी गरेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस