Techie IT

बिपदमा अत्यावश्यकका सामाग्री नगरले उपलब्ध गराउने : उप प्रमुख चलाउने


कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै पञ्चदेवल बिनायक नगरपालिकाले बिशेष सावधानी अपनाइरहेको उप प्रमुख अम्बिका चलाउनेले बताउनु भएको छ ।

पुर्वी अछाममा अवस्थीत पञ्चदेवल बिनायक नगरपालिका दैलेख र कालिकोट संग प्रत्यक्ष नाका जोडिएकाले कोरानाको संक्रमण उच्च जोखिममा रहेकाले नगरबासीलाई उच्च सावधानी अपनाउन उहाँले आग्रह गर्नु भएको छ ।

लक डाउनको समयमा अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालय बन्द गर्न निर्देशन दिनु भएको छ ।

नगरपालिका भित्रका कोहि नागरिकहरु आपत बिपद परेको अवस्थामा नगरपालिकाका कर्मचारीलाई प्रत्यक्ष फोन गर्न सकिने र अत्यावश्यकका सामाग्री नगरपालिकाले उपलब्ध गराउने, नगरपालिकाको बिपत ब्यावस्थापन कोषबाट आम नागरिक संकटमा परेका बेला खर्च गर्ने उहाँले उल्लेख गर्नु भयो ।

सरकारले गरेका निर्णय आम नागरिकले आत्मसाथ गर्दै कार्यान्वयन गर्नु पर्ने र बिपतको बेला कसैले पनि अटेरि नगर्न उहाँले अनुरोध गर्नु भएको छ ।

बिश्वनै कोरोनाको सन्त्रासमा आक्रान्त बनिरहेका बेला सबैले आफ्नो आफ्नो ठाउँबाट उच्च सर्तकता अपनाउनु पर्ने रेडियो बान्नीगढिको कोरोना बिशेष खबर डबली मार्फत उप प्रमुख अम्बिका चलाउनेले जानकारी दिनु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस