मंगलसेनका जनप्रतिनिधीको भत्ता कोरोना नियन्त्रणमा : नगर प्रमुख बोहरा

मंगलसैन नगरपालिकाले कोरोना लक्षित बिपद् ब्यबस्थापन कोषमा पाँच वटा बैठकको भत्ता जम्मा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको नगर कार्यपालिका बैठकले सम्पुर्ण कार्यपालिका सदस्यले पाँच वटा बैठकको भत्ता कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले नगरपालिकाका सम्पुर्ण सरकारी कर्मचारीसंग स्वईच्छाले सहयोग रकम उपलब्ध गराउन आग्रह गर्ने निर्णय समेत गरेको नगर प्रमुख पदम बोहोराले जानकारी दिनुभयो ।
यस्तै नगर प्रमुख बोहोराले नगरपालिकामा कोरोना लक्षित बिभीन्न क्रियाकलाप तिब्र पारिएको समेत जानकारी गराउनुभयो ।
उहाँले सम्पुर्ण नगरबासीलाई निकै सर्तकता अपनाउन सरसफाईमा बिशेष जोड दिन पनि आग्रह गर्नुभयो ।
साथै उहाँले अत्यावश्यक काम बाहेक भर बाहिर ननिस्कन पनि आग्रह गर्नुभयो ।