कोरोना संक्रमण फैलीन नदिन सतर्क छौँ : अध्यक्ष साउद

कोरोनाको उच्च जोखमलाई मध्यनजर गर्दै चौरपाटी गाउँपालिकाले बिशेष सावधानी अपनाइरहेको गाउँपालिका अध्यक्ष हर्क साउँदले बताउनु भएको छ ।

अहिले बिश्वलाइनै आक्रान्त पारिरहेको कोरोना भाइरसबाट गाउँपालिकाका कोहि पनि नागरिक नआत्तिन उहाँले आग्रह गर्नु भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न तत्काल चौखुट्टे नाका बन्द गरिने र गाउँ गाउँमा बिशेष सचेतना अपनाउन सबै नागरिकलाई अनुरोध गर्ने उहाँले बताउनु भयो ।

गाउँ कार्यपालिकाले बिपद ब्यावस्थापन कोषमा २० लाख बजेट बिनियोजन गरिसकेकोे र महामारिको रुपमा बिश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन उक्त बजेट खर्च गर्ने जानकारी दिनु भयो ।

यो बिपदको बेला भिडभाड नगर्न, चिया पसल तथा चोक चौतारमा कोरोनाको गलत अफवाह नफैलाउन रेडियो बान्नीगढिको कारोना बिशेष खबर डबली मार्फत अध्यक्ष साउँदले अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker