‘लकडाउन’को दोस्रो दिन, सुदूरपश्चिमका जिल्लाभरी पाँच सय बढि सुरक्षाकर्मी परिचालन

कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन्।
प्रदेशको राजधानी कैलालीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जिल्लाभरी साढे पाँच सय बढि सुरक्षाकर्मी परिचालन गरिएको बताए।
यता सशस्त्र प्रहरी बल नम्वर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले पनि लकडाउन कार्यान्वयनका लागि पर्याप्त सशस्त्र प्रहर िपरिचालन गरिएको बताए।
पहिलो दिन कतिपयले लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको थियो। जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिएका थिए।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस