जयगढमा क्वारेन्टाईन निर्माणबारे उपाध्यक्ष साउँद यसो भन्छन ( भिडियो )

बान्नीगढी जयगढ गाउँपालिकाले १५ वेडको क्वारेन्टाईन निर्माण गरेको छ । जयगढमा रहेको सरस्वती माद्यामिक जयगढमा १५ वेडको क्वारेन्टाईन निर्माण गरिएको हो ।
गाउँपालिकामा कुनै पनि नागरीकलाई कोरोनाको सँक्रमण देखीएमा तथा आशँका भएमा उपचार गर्न सहज होस भनेर क्वारेन्टाईन निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले बताउनु भयो ।
नेपालमा मँगलवार अपराह्न सम्म ३ जनामा कोरोना भाईरसको सँक्रमण रहेको पुष्टि भईसकेको छ । केहि दिन यता बान्नीगढी जयगढ गाउँपालिकामा भारतबाट उल्लेख्य मात्रामा सर्वसाधारण भित्रिएका कारण पनि गाउँपालिकाले कारोना सँक्रमण फैलीन नदिन बिधिन्न सतर्कता अपनाईरहेको उपाध्यक्ष साउँदले बताउनुभयो ।
भारतबाट आएका नेपालीहरुमा कोरोनाको सँक्रमणको जोखीम बढि हुने भएकाले कहि कतै भेटिएमा सहजै उपचार गर्न र सँक्रमण फैलिन नदिन सर्तकता अपनाउदै गाउँपालिकाले १५ वेडको क्वारेन्टाईन निर्माण गरेको उहाको भनाई छ ।
आवश्यक परेको खण्डमा बान्नीगढी जयगढ गाउँपालिकामा रहेका २८ वटै बिद्यालयमा क्वारेन्टाईन स्थापना गर्न सकिने उपाध्यक्ष साउँदले उल्लेख गर्नुभयो ।
कोरोना भाईरसको सँक्रमणबाट बच्न सुरक्षीत रुपमा घरमै बस्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कल र वेला वेला सावुन पानीले हात धुन उहाले आग्रह गर्नु भएको छ ।
हेरौँ भिडियो कुराकानी :-
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस