कोरोना संक्रमणबारे गाउँपालिका गम्भीर छ : अध्यक्ष खड्का (भिडियो सहित)

विश्वलाइनै आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन बान्नीगढि जयगढ गाउँपालिका गम्भीर बनेको गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताउनु भएको छ ।
कोरोना संक्रमणको उच्च जोखिमलाई न्युनिकरण गर्न सरस्वती माबी जयगढमा १५ वेडको क्वारेनटाइन कक्ष स्थापना गरिएको छ ।
गाउँपालिकामा धेरै नागरिक छिमेकी मुलुक भारतबाट प्रवेश गरेकाले जयगढ पनि उच्च जोखिममा रहेकाले गाउँपालिकाले बिशेष सावधानी अपनाइरहेको अध्यक्ष खड्काले उल्लेख गर्नु भयो ।
कोराना संक्रमणको आसंका लागेका ब्यक्तीले तत्काल गाउँपालिकाको स्वास्थ्य साखामा सम्पर्क गर्न उहाँले सबै गाउँपालिका बासीमा अनुरोध गर्नु भएको छ ।
गाउँपालिका भित्र कोहि संक्रमणको आसंकित ब्यक्ती फेला परेको खण्डमा तत्कालका लागी सरस्वती माबी जयगढमा स्थापना भएको क्वारेनटाइनमा राख्ने र बिशेष सतर्कता अपनाउने उहाँको भनाई छ ।
बिश्वनै महामारी संग लडिरहेका बेला बान्नीगढि गाउँपालिकाले पनि स्वास्थ्यकर्मी लगायत एम्वुलेन्स तयारी अवस्थामा राखेको र गाउँपालिका भित्रका ६ वटै नागरिकलाई मास्क बितरण गरेको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।
अध्यक्ष खड्कासंग कुराकानी गरेको यो भिडियो हेर्नुहोस
क्याटेगोरी : मुख्य समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस