अत्यावश्यक काम बाहेक घर बाहिर नजानुस : सिडियो पौडेल

अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले लकडाउनको पुर्णरुपमा पालना गर्न जिल्लावासीमा आग्रह गर्नुभएको छ ।
जिल्लामा कोरनाको उच्च जोखिम भएकाले लकडाउनको पुर्ण पालना गर्दै घरभित्र बस्न उहाँले आग्रह गर्नुभएको हो ।
जिल्लालाई लकडाउन गरेर घरभित्रै बस्न गरेको आग्रह जनताकै हितका लागी भएकाले दत्तचित्त भएर सरकारको निर्णय कार्यान्वयन गरि सम्पुर्ण जिल्लावासी नागरिकले आफ्नो कर्तब्य पुरा गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले अत्यावश्क काम बाहेक कोहीपनि घरबाहीर निस्केमा कडा कार्वाही गरिने समेत चेतावनि दिनुभयो ।
उहाँले हालसालै भारतबाट जिल्लामा भित्रीएकाहरुको लगत संकलन गरि तत्काल क्वारेन्टाईनमा राखिने समेत उल्लेख गर्नुभयो । बिगत १५–२० दिन यता भारत तथा अन्य मुलुकबाट जिल्ला भित्रिएकाहरुको लगत संकलनका लागी जिल्लाका ९१ वटै वडासंग समन्वय भईसकेको र उनिहरुको लगत संकन भईरहेको सिडियो पौडेलले बताउनुभयो ।
यस्तै अहिलेको बिसम परिस्थितीमा जिल्ला बन्दको अवसरपारी कोहीकसैले कालोबजारी गरेको थाहा भएमा कडा भन्दा कडा कार्वाहि गरिने पनि सिडियो पौडेलले उल्लेख गर्नुभयो ।
क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस