सामान्य स्वास्थ्य समस्या लिएर अस्पताल नआईदिनुस : जिल्ला स्वास्थ्य प्रमुख ढुंगाना

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले सामान्य स्वास्थ्य समस्या लिएर अस्पताल नआउन आग्रह गर्नुभउको छ ।
अहिले अस्पतालहरुमा मानिसहरुको चाप बढी भएकाले समान्य समस्याको घरमै प्राथमिक उपचार गर्न ढुंगानाले आग्रह गर्नुभएको हो । सामान्य चोटपटक , पेट दुख्ने , टाउको दुख्ने लगाएतका समस्याको घरमै प्राथमिक उपचार गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
रेडिायो बान्निगढीसंगको कुराकानिमा ढुंगानाले भन्नुभयो अहिले जिल्ला लकडाउनमा छ घर बाहिर हिड्न कोरनाको दृष्टिकोणले पनि निकै जोखिम छ , त्यसैले सम्पुर्ण जिल्ला वाशीलाई घरमै सम्भब हुने रोगको उपचार घरमै गर्न आग्रह गर्दछु । सामान्य रुघाखोकी तथा ज्वरो आउदैमा नआत्तिन पनि ढुंगानाले आग्रह गर्नुभएको छ ।
अहिले बिभीन्न फ्लु तथा सरुवा रोगको बढी जोखिम हुने याम भएकाले केही स्वास्थ्य समस्या देखिने बित्तिकै आत्तिहाल्नु पर्ने अवस्था नहुने उहाँले बताउनुभयो । तर सर्तकता भने अपनाईरहनु पर्ने ढुंगानाले उल्लेख गर्नुभयो ।
क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस