हेलीकप्टर मार्फत भए पनि अत्यावश्यक सामाग्री व्यवस्थापन गर्नुपर्छ : नगर प्रमुख बिष्ट

कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकाश बिस्टले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी उच्च सावधानी अपनाइरहेको बताउनु भएको छ ।

कोरोना संक्रमणको उच्च जाखिमलाई मध्यनजर गर्दै नगरपालिकाका १० वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनु भयो । नगरपालिकाका सबै वडा अध्यक्षहरु प्रत्यक वडाहरुमा संक्रमण फैलिन नदिन सचेतना सन्देशहरु प्रबाह गरिरहेको बिष्टले बताउनु भयो ।

नगरपालिकामा आसंका लागेका ब्यक्तीहरुलाई उच्च निग्रानीमा राख्न नगरपालिकाले १० कोठाको क्वारेण्टिन स्थापना गरेको र तत्काल भारतबाट प्रवेश गर्ने नागरिकलाई निग्रानीका लागी उक्त क्वारेण्टिनमा राखिने उहाँको भनाई छ ।

नगरपालिकाका स्वास्थ्यकर्मीहरु संग आवश्वक सामाग्री नहुँदा पनि आफ्नो स्वास्थ्यको प्रवाहनै नगरि स्वास्थ्यकर्मीहरु खटिरहेको उहाँको भनाई छ ।

कोरोना भाइरसको सँक्रमण फैलीन नदिन आवश्यक उपकरण र स्वास्थ्यकर्मीका लागी आवश्यक सामाग्रीहरु हेलीकप्टर चार्टर गरेर भएपनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिदै सरोकारवालालाई आग्रह गरेको नगर प्रमुख बिष्टले बताउनुभयो ।

बिश्वनै कोरोनाको सन्त्रासमा आका्रन्त बनिरहेका बेला नगरबासी सम्पुर्णमा बिशेष सावधानी अपनाउन र सबैले होम क्वारेण्टिन अर्थात एकान्तबासमा बसिदिन उहाँले आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker