Techie IT

कोईलाको टीका लगाउदा कोरनाले नछुने भन्ने भ्रममा नपर्न सिडियो पौडेलको आग्रह


अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले घरको आगन खन्दा कोईला पाईने र त्यस्को टीका लगाउदा कोरोनाले नछुने भन्ने भ्रमका पछि नलाग्न जिल्ला वासीलाई आग्रह गर्नुभएको छ ।

रेडियो बान्निगढीको कोरना बिशेष अपडेटमा कुराकानि गर्दै सिडियो पौडेलले सो आग्रह गर्नुभएको हो । अहिले अछाम लगाएत अछाम आसपासका जिल्लामा फैलाईदै गरेको यो अफवाहा निकै खेद पुर्ण भएको पौडेलले उल्लेख गर्नुभयो ।

यस्तो जोखिमको बेला झनै खतरा उत्पन्न हुने यस्ता अफवाहा फैलाई सर्बसाधारणको भावनासंग खेलवाड गर्ने ब्यक्तिहरुको खोजि भैरहेको उहाँले बताउनुभयो । अफवाहा फैलाउने ब्याक्तिलाई कडा भन्दा कडा कार्वाही गरिने समेत सिडियो पौडेलले उल्लेख गर्नुभयो ।


क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!