जोखिम मोलेर स्वास्थ्यकर्मी कर्तव्य निर्वाह गरिरहेका छन : स्वास्थ्य शाखा प्रमुख रावल

बान्नीगढि जयगढ गाउँपालिका स्वास्थ्य सेवा शाखा प्रमुख बसन्त रावलले कोरोना संक्रमण बिरुद्ध स्वास्थ्यकर्मीहरु जोखिम मोलेर स्वास्थ्य सेवा दिइरहेको बताएका छन ।
स्तानिय तहहरुमा स्वास्थ्य उपकरण तथा आवश्यक सामाग्रीहरुको अभाव हुँदा विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको रोकथाम विरुद्ध जोखिम मोलेर स्वास्थ्यकर्मीहरु आफ्नो स्वास्थ्यको प्रभाह नै नगरि अहोरात्र स्वास्थ्य सेवामा खटिरहेको उनले दाबी गरेका हुन ।
बान्नीगढि जयगढ गाउँपालिकामा आवश्यक स्वास्थ्य सामाग्रीहरुका लागी पहल गर्दा केहि सामाग्री आइपुगेको र केहि सामाग्री आउन बाँकी रहेको उनले बताए । अछामको बान्नीगढि जयगढ गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले छिमेकी मुलुक भारतबाट घर तिर प्रवेश गरेका नागरिकहरुको तथ्यांक संकलन भइरहेको बताईएको छ ।
विश्व आक्रान्त बनेका बेला सबैले उच्च सतर्कता अपनाउनु पर्ने कुरामा रावलले जोड दिएका छन । साथै कोहि कसैलाई कोरोनाको जस्तै लक्षण देखिए तत्काल स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई खबर गर्न पनि स्वास्थ्य सेवा शाखा प्रमुख रावलले अनुरोध गरेका छन ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस