तिलक लगाउदा कोरोना लाग्दैन भन्ने भ्रममा नपर्न काँग्रेस अछामको आग्रह

कोरोना संक्रमण रोकथाम गर्न नेपाली काँग्रेस अछामद्धारा प्रेस विज्ञप्ती

कोरोना संक्रमण रोकथाम तथा न्युनिकरण गर्न नेपाली काँग्रेस अछामले प्रेस विज्ञप्ती जारी गरेको छ ।

नेपाल सरकारले जारी गरेको लग डाउन आदेशलाई पुर्ण रुपमा पालना गर्न विज्ञप्ती जारी गरिएको हो ।

अहिले अछाम लगायत आसपासका जिल्लाहरुमा अफवाहको रुपमा लिइएको कोइलाको टिको ( तिलक ) घरपरिवार सबैका निधारमा लगाउदा कोरोना लाग्दैन भन्ने भ्रमका पछि नलाग्न नपाली काँग्रेसले जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछामद्वारा जरि प्रेस विज्ञप्ति ।
आदरणीय आमा बुवा , दाजु भाइ तथा दिदी बहिनी हरु बिश्व स्वास्थ संगठनले अन्तरास्ट्रिय महामारीको भनिसकेको अवस्थामा सरकारले पनि कोरोना महामारीको जोखिमबाट ढुक्क हुने अवस्था छैन भनेको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले जारिगरेको लक डाउन आदेशलाई पूर्णरुपमा पालना गर्न अनुरोध गर्दछौं । सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र मूल ढोका अगाडिको खलो ( आँगन ) मा खन्नुहोस्। त्यहाँ कोइलो ( कोइला ) भेटिने छ । त्यो कोइलाको टिको ( तिलक ) घरपरिवार सबैका निधारमा लगाउदा कोरोना लाग्दैन भन्ने भ्रम अछाम भरी फैलिएको छ । जिल्लामा कोरोना भाइरस बाट बच्न यसरी कोइलाको टिको लगायको सुन्नमा आएको छ । भ्रामक , असत्य र तथ्यहिन कुराको पछि नलाग्न अनुरोध गर्दै यस्ता निराधार कुराको पछि लाग्नु भन्दा पनि सरकारले घोषणा गरेको लकडाउनको पालना गरेर आफुलाइ घरपरिवारमा मात्र सिमित राख्ने तर्फ सबै ध्यानाकर्षण हुन जरुरी छ । खासगरी बिश्व स्वास्थ्य संगठनले भने अनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस्तो बेला चाहे आफन्त होस् वा अरु कोही सबैसँग सामाजिक दूरी बनाउनु नै अहिलेको लागि उत्तम उपाय हो ।बसम्पुर्ण आमा , बुवा , दाजुभाइ तथा दिदी बहिनीहरुमा यस्ता भ्रामक कुराको पछि नलागी आधिकारिक निकायले भनेको कुरामा मात्र बिश्वास गर्न नेपाली काङ्ग्रेस अछाम जिल्ला कार्यसमिति अनुरोध गर्दछ । कोरोनोना भाइरस विरुद्धको अभियानमा नेपाली काङ्ग्रेसको पूर्ण साथ ,समर्थन रहेको जानकारी दिदै आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता समेर व्यक्त गर्दछ । यति बेला तमाइ हाम्रो इमान्दार सहकार्य र समन्वयको आवश्यकता छ । तपाईं हामिले भ्रमको पछि नलागेर आआफ्नो तर्फ बाट लक डाउनको पुर्ण पालना गर्नु आजको आवस्यकता हो । हामी सबै ले इमान्दरि पुर्वक दूरी कायमगरौ , केही दिनका लागि भए पनि नजिकैको आफन्त , साथिहरुमा पनि एक अर्काको घरमा आवत जावत बन्द गर्न र सकेसम्म अत्यावश्यक काम बाहेक घरबाहिर नजान पार्टी बाट निर्वाचित जनप्रतिनिधि , पार्टीका माहासमितिती सदस्त , महाअधिवेसन प्रतिनिधि , जिल्ला कार्यसमितीका पदाधिकारी सहित कार्यसमितिका सबै सदस्य , प्रतिनिधि सभा निर्वाचन क्षेत्र क्षेत्रिय कार्यसमिति , प्रदेश सभा निर्वाचन क्षेत्र क्षेत्रिय कार्यसमिति , नगर कार्यसमिति , गाउँ पालिका कार्यसमिति , वडा कार्यसमिति , पार्टीका जिल्ला स्थित भिभिन्न कार्यसमितिका पुर्व पदाधिकारी , नेता , कार्यक्रता , भातृ संगठन , शुभेच्छुक संगठनमा आबद्ध , पार्टीका क्रियासिल सदस्य , पार्टीका शुभचिन्तक सहित सबै आम सर्वसाधारणमा नेपाली काङ्ग्रेस अछाम जिल्ला कार्यसमिति अपिल गर्दछ । जिल्लामा बिदेश बाट आएका आमा बुवा , दाजुभाइ तथा दिदि बहिनी कोरोना भाइरसको जोखिम रहेका छन । त्यसैले बिदेश बाट जिल्लामा आउनु भएका सम्पुर्णमा चौध दिन अनिवार्य क्वारेन्टाइनमा बसेर कोरोना विरुद्धको अभियानमा सहयोग गरिदिन नेपाली काङ्ग्रेस अछाम हार्दिक अनुरोध गर्दछ । बिदेश बाट आएका आमा बुवा , दाजुभाइ तथा दिदि बहिनीहरुले झर्को नमानी चौध दिन सम्म क्वारेन्टाइन बसेर राष्ट्र प्रतिको दायित्व र देश प्रति मेरो कर्तव्यबपुरागर्नुहुनेछ भन्ने नेपाली काङ्ग्रेसको अपेक्षा छ । साथै भारतका विभिन्न शहरमा होटेल , रेस्टुरेन्टमा काम गर्ने अछाम जिल्लाका बिभिन्न गाउपालिका दाजुभाइ लाई होटेल , रेस्टुरेन्ट संचालकले काम बाट निकले पछि अलपत्र परेको भन्ने सुन्नमा आएको छ । त्यसैले प्रदेश सरकार र संघिय सरकारले ती अलपत्र नागरिकको उद्धारका तत्काल पहल चाल्न लागि नेपाली काङ्ग्रेस अछाम जिल्ला कार्यसमिति जोडदार माग गर्दछ । जिल्लामा कोरोनाको संक्रमण भित्रिन नदिनका लागि नाकामा उच्च सतर्कता अपनाइएको भनियको छ । तर हाल सम्म पनि जिल्लामा केन्द्र र प्रदेश सरकारको गैरजिम्मेवार प्रवृत्तिका कारण कोरोना कोभिड–१९ को रोकथाम र उपचारमा चाहिने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायता अत्यावश्यक सामाग्री जिल्लाका अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइन, आइसोलेसन केन्द्र , सहायता कक्षमा उपलब्ध हुन नसकेको हाम्रो ठम्याइ रहेको छ । तसर्थ कोरोना भाइरस जस्तो महामारीकोको संक्रमण नियन्त्रणका लागि जिम्मेवार बन्न केन्द्र तथा प्रदेश सरकारलाई आग्रह गर्दछौ । अन्तयमा जिल्लामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रचारप्रसार का साथी पुर्व तायारिका लागि आवश्यक ब्यवस्थापनमा सक्रिय , स्वास्थ्यकर्मी , जनप्रतिनिधि र लगडाउन आदेश पालना गराउन सक्रिय सुरक्षाकर्मी , जनप्रतिनिधि र संचारकर्मी लगायत अभियानमा क्रियासिल सबै प्रती धन्यवाद प्रकट गर्दछौं । साथै आगामी दिनम पनि उच्च मनोबलका साथ काम काम गर्न अनुरोध गर्दै नेपाली काङ्ग्रेस सबैको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दै संक्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारको लकडाउन आदेशको पूर्ण पालना गर्न नेपाली काङ्ग्रेस अछाम जिल्ला कार्यसमिति सबैमा पुनः पनि
अनुरोध अनुरोध गर्दछ ।
जय नेपाल ।
➡️भरतकुमार स्वार
सभापति

➡️वेदप्रकाश तिमिल्सैना
सह सचीव / प्रवक्ता

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker