चैते दशै स्थगीत गर्नुपर्नेमा बान्नीगढिका वडा अध्यक्षहरुको जोड

कोरोना संक्रमणको सम्भावित जोखिमको रोकथामका लागी क्रियाशिल रहेको बान्नीगढी जयगढ गाउँपालिकाका वडा अध्यक्षहरुले बताएका छन ।

रेडियो बान्नीगढी एफ.एमको कोरोना बिशेष अपडेटमा कुराकानी गर्दै गाउँपालिकाका ६ वटै वडा अध्यक्षहरुले कोरोनाको सँक्रमण फैलिन नदिन लागी परेको दावी गरेका हुुन ।

वडामा कोरानाको सँक्रमण फैलिन नदिन माइकिँग गर्दै जनचेतना जगाउने काम गरिरहेको वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण कडायतले बताउनुभयो ।

वडामा हालसालै भारतबाट भित्रिएका नागरीकलाई घर भित्र सुरक्षीत साथ बस्न आग्रह गर्ने र उनीहरुमाथी निगरानी राख्ने काम भईरहेको वडा नम्बर ५ कालिकाका वडा अध्यक्ष लाल कामीले जानकारी दिनु भएको छ ।

यस्तै वडा नम्बर ४ तिमिल्सैनका अध्यक्ष कर्ण ठकुल्लाले भारतबाट ६ जना मात्रै गाउँ भित्रिएको र उनीहरुलाई घरमै सुरक्षीत रहन आग्रह गरिएको र उनीहरुसँग टेलीफोन सम्पर्क भईरहेको बताउनुभयो । वडाका १ जनालाई कोरोना सँक्रमणको आशँकामा अस्पताल भर्ना गरिएकोमा उनलाई घरमै सुरक्षीत बस्न आग्रह गरिएको र उनको स्वास्थ्य स्थिति निकै सुधार भईरहेको ठकुल्लाले बताउनु भएको छ

यता वडा नम्बर ३ बर्दादेवीका वडा अधयक्ष कुल बहादुर शेट्टिले वडामा मास्क बितरणसँगै चेतना फैलाउने काम गरिएको बताउनुभयो । वडामा हालसालै भित्रिएका नागरीमाथी निगरानी समेत भईरहेको शेट्टिको भनाई छ ।

उता वडा नम्वर २ जनालिकोटका वडा अध्यक्ष नेत्र साउँदले वडामा भारतबाट के कति नागरीक भित्रिए भन्नेबारे एकिन तथ्याँक सँकलन गर्न महिला स्वास्थ्य स्वयमसेवीकालाई निर्देशन दिईएको र सम्पर्कमा आईसकेकाहरुलाई सुरक्षीत साथ घरमा बस्न आग्रह गरिएको बताउनु भएको छ ।

वडा नम्बर १ गाज्रााका अध्यक्ष हिरेण्ड बहादुर खड्काका अनुसार गाँज्रामा ८ जना जती नागरीक भारतबाट हालसालै गाउँ भित्रिएका छन । गाउँ भित्रिएका उनीहरुलाई सुरक्षीत साथ बस्न आग्रह गरिएको र उनीहरुमाथी प्रत्यक्ष निगरानी भईरहेको अध्यक्ष खड्काले बताउनु भयो ।

यसै बिच चैते दशैलाई स्थगीत गर्नुपर्नेमा सवै वडा अध्यक्षहरुले जोड दिएका छन । दशै मेला मनाउदा नागरीकहरुका भिड हुदा कोरोनाको सँक्रमण फैलिन सक्ने जोखीम बढ्ने हुदा चैते दशैलाई पुर्ण रुपमा स्थगीत गर्नुपर्ने वडा अध्यक्षहरुले बताएका छन ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker