लयाँटी बासीका लागी आफै मास्क उत्पादन गर्दै : अध्यक्ष बुढा

कोराना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागी पञ्चदेवल बिनायक नगरपालिकाले विभिन्न सावधानी अपनाएसंगै नगरपालिकाका बिभिन्न वडामा संक्रमणको रोकथाममा विभिन्न क्रियाकलाप सञ्चालन भइरहेका छन ।
कोरोना संक्रमणको सम्भावित जोखिमको रोकथामका लागी वडा नम्वर ५ लयाँटीका वडा अध्यक्ष कुल बहादुर बुढा क्रियाशिल बनेका छन । वडाका सबै नागरिकलाई मास्क बितरण गर्ने गरि लयाँटीमै मास्क उत्पादन गर्ने कार्यमा अग्रसर भएर लाग्नु भएको छ ।
तत्कालिन लयाँटी गाविसका ९ वटै वडाका सम्पुर्ण नागरिकलाई मास्क पुग्ने गरि स्थानिय स्रोत साधनको प्रयोग गरि अध्यक्ष आफैले मास्क सिलाइरहेको दाबी गर्नु भएको छ ।
वडा नम्वर ५ लयाँटीका निर्वाचित वडा सदस्यहरु पनि मास्क उत्पादन गर्ने कार्यमा अग्रसर बनेको अध्यक्ष बुढाले जानकारी दिनु भयो ।
यस्तै नेपाली काँग्रेसका वडा सभापती मैपती नेपाली पनि मास्क सिलाउने कार्यमा अग्रसर बन्नु भएको छ । शनिवार आज मास्क सिलाउने कार्य गर्ने र आइतबार सबै नागरिकलाई पुग्ने गरि वितरण गर्ने अध्यक्षको भनाई छ ।
विश्वनै बिषम परिस्थीतीसंग लडिरहेकाले यो बिपदको घडीमा सबै नागरिक सचेत भएर घरमै बस्न उहाँले आग्रह गर्नु भएको छ ।
भारतबाट गाउँघर तिर प्रवेश गरेका नागरिकहरुको तथ्याँक संकलन गरि उनिहरुलाई उच्च निग्रानीमा राख्ने र उनिहरुका आफन्तले पनि होम क्वारेण्टिन अर्थात एकान्त बासमामा बस्नु पर्ने कुरामा जोड दिनु भयो ।
सरकारले नेपाललाइनै लक डाउन गरेकाले गाउँघरका स्थानिय पसलहरु नखोल्न र सरकारको निर्देश आफ्नै स्वास्थ्यको हितका लागी पालना गर्न आम वडा बासीमा अध्यक्ष कुल बहादुर बुढाले अनुरोध गर्नु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस