मेल्लेखमा हालसालै भित्रिएका नागरीकको तथ्याँक सँकलन : अध्यक्ष बोहरा

मेल्लेख गाउँपालिकाले हालसालै भारतबाट गाउँपालिका फर्किएका नागरीकको तथ्याँक सँकलन गरेको छ ।

भारतबाट हालसालै मेल्लेख गाउँपालिकाका बिभिन्न वडामा भित्रिएका नागरीकको तथ्याँक सँकलन गरिएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहाराले बताउनु भएको हो ।

भारतमा कोरोना सँक्रमण फैलिएसँगै गाउँ फर्किएका उनीहरुमा पनि कोरोना सँक्रमण भएको हुन सक्ने भएकाले उनीहरुलाई निगरानीमा राख्न उनीहरुको एकिन बास्तविक तथ्याँक सँकलन गरिएको गाउँपालिकाकाले जनाएको छ ।

हालसालै गाउँपालिकामा के कति जना,कुन कुन ठाउँबाट भित्रिए र तीनको स्वास्थ्य अवस्था लगायत कुन कुन व्यत्तिको सम्पर्कमा रहेको छन भन्नेबारे तथ्याँक सँकलन गरिएको र उनीहरुलाई विशेष निगरानीमा राखीएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भएको छ ।

कोराना संक्रमण विरुद्ध रोकथाम तथा नियन्त्रणमा मेल्लेख गाउँपालिका सक्रिय बनेको अध्यक्ष बोहराले कोरोनाको संक्रमण फैलिन नदिन बिभिन्न क्रियाकलाप सञ्चालन गरिएको बताउनुभयो ।

अध्यक्ष बोहराका अनुसार मेल्लेख गाउँपालिकामा ७७ जना महिला,४ सय ६९ जना पुरुष र २८ जना बालबालिका गरि ५ सय ४६ जना हालसालै भारतबाट भित्रिएका छन ।

हालसालै भित्रिएका सवैलाईे उच्च निगरानीमा राखिएको र आवश्यक परेमा क्वारिेन्टाईनमा राख्न सकिने प्रवन्ध मिलाईएको गाउँपालिका अध्यक्ष बोहराले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker