चौखुट्टे सिमामा कडाई गर्नुपर्छ : अध्यक्ष साउँद

चौरपाटि गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले छिमेकि जिल्ला डोटीसँग सिमा जोडिएको चौखुट्टे सिमा नाकामा कडाई गर्नुपर्नेमा जोड दिनु भएको छ ।

शनिवार बिरामी बोक्ने वाहानामा अन्य यात्रुहरु समेत बोकेको भेटिएपछि सिमानाकामा हुने सवारी चेकजाँचमा कडाई गर्नुपर्नेमा जोड दिनु भएको हो ।

बिरामी बोक्ने बाहानामा यात्रुहरुलाई ओसार पसार भईरहेको भेटिएपछि यस बिषयमा प्रहरी प्रशासन सचेत रहनुपर्ने उहाको भनाई छ ।

कारोना सँक्रमण फैलिन नदिन नेपाललाई नै लक डाउन गरिएका बेला यसरी अत्यावश्यक काममा प्रयोग हुने एक्वुलेन्सको दुरुपयोग गर्दा सँक्रमणको जोखीम बढ्ने हुदा सवैले सजग हुनुपर्ने अध्यक्ष साउँदले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker