कोरोना नियन्त्रण गर्न नेकपा सक्रिय : नेकपा सचिव साउँद

नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला कमिटी सचिव झपट साउँदले पार्टीका सम्पुर्ण कार्यकर्तालाई संयमता पुर्बक कोरोना भाईरस कोभिट १९ नियन्त्रणका लागी सक्रिय भुमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।
रेडियो बान्निगढीको कोरोना बिषेश अपडेटमा प्रत्यक्ष कुराकानि गर्दै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । बिश्व बिपत्तिको बेला संयमता पुर्वक जनचेतना मुलक कार्य गर्न नेकपा कार्यकर्ता अग्रसर हुनुपर्नेमा साँउदले जोड दिनुभयो ।
साँउदले जिल्लामा कोरना भाईरस फैलिन नदिन तथा आफु पनि सतर्क रहन र आफ्ना घर परिवार सँग समाजलाई पनि सतर्क राख्न सवैमा आग्रह गर्नुभयो ।
जिल्लामा कोरोना नियन्त्रणका लागी आवश्यक पर्ने स्वास्थ्य उपकरण लगायतका पुर्वाधारको अभाव भईरहेको सन्दर्भमा बोल्दै सचिव साउँदले यसको व्यवस्थापनका लागी सिँगो पार्टिले पहल गरिरहेको बताउनु भएको छ ।
जिल्लामा कोरोना सँक्रमण फैलिन नदिन सँचालन गर्नुपर्ने क्रियाकलापमा कुनै पनि कञ्जुस्याई नगर्न पार्टिबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिईएको उहाले बताउनुभयो ।
जिल्ला सँगै प्रदेशमा कोरोना सँक्रमण फैलिन नदिन र नियन्त्रण गर्न आवश्यक बजेट,उपकरण, लगायतको व्यवस्थापन गर्न नेकपाका साँँसद लगायत सम्पुर्ण जनप्रतिनिधि सक्रिय रुपमा लागी परेको नेता साउँदले दावी गर्नु भएको छ ।
उहाँले कोभिट १९ बाट बिश्व त्रसित भईरहेका बेला सम्पुर्ण जिल्लाबासी नागरिकले सरकारले गरेका निर्णयको पुर्ण रुपमा पालना गर्न सम्पुर्ण जिल्ल वासीमा आग्रह् गर्नुभयो ।
कोरोना सँक्रमण फैलिन नदिन आवश्यक उपकरण बिना नै जोखीम मोलेर अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीको प्रशँसा गदै नेता साउँदले स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस