खाद्यान्न अभाव हुन नदिने अधिकृत ढुँगानाको दावी

बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सैलेशराज ढुँगानाले गाउँपालिकामा हालसालै भारतबाट भित्रिएका नागरीकहरुको तथ्याँक सँकलन गरिएको बताउनु भएको छ ।

गाउँपालिकाका ६ वटै वडामा हालसालै भारत तथा जिल्ला बाहिरबाट भित्रिएका सर्वसाधारणको तथ्याँक सँकलन गरिएको अधिकृत ढुँगानाले बताउनु भएको हो ।

अधिकृत ढुगानाका अनुसार बान्नीगढी जयगढ गाउँपालिकामा हालसालै २ सय ९९ जना सर्वसाधारण भारतबाट भित्रिएका छन ।

भारतबाट भित्रिएका मध्य २ जनामा स्वास्थ्य समस्या दखिएको छ ।वडा नम्बर २ जनालीकोटमा भारतबाट आएका १ जनामा रुघाखोकिको समस्या देखीएको र वडा नम्बर ४ तिमिल्सैनका १ जनामा ज्वरोको समस्या देखीएको अधिकृत ढुगानाले बताउनुभयो ।

कोरोना रोकथामका लागी स्वास्थ्यकर्मीलाइ आवश्यक पर्ने केहि सामाग्र्रीहरु आईपुगेको र अन्य आवश्यक उपकरण व्यवस्थापनका लागी पहल भईरहेको बताईएको छ ।

कोरोनाको कहर सँगै पुरै देश लक डाउन गरिएको समयमा गाउँपालिकामा खाद्यान्न अभाव हुन सक्ने सम्भावनालाई समेत मध्यनजर गरि आवश्यक पुर्व तयारीमा जोड दिईएको अधिकृत ढुगानाले जानकारी दिनुभयो ।

गाउँपालिकामा अत्यावश्यक दैनिक उपभोग्यका सामाग्रीको अभाव हुन नदिन गाउँपालिकाका व्यापारीसँग सहकार्य गरि व्यवस्थापन गर्न लागीएको उहाले बताउनु भएको छ ।

निमित्त जिल्ला समन्वय समिति अधिकारी समेत रहनु भएका ढुँगानाले जिल्लामा कोरोना सँक्रमण फैलिन नदिन जिल्ला स्थित सरोकारवाला र स्थानीय तह बिच जिल्ला समन्वय समितिका तर्फबाट आवश्यक पहल भईरहेको दावी गनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker