करेन्टाईनमा बस्ने आग्रह बेवास्था नगर्न अधिकृत शर्माको आग्रह

साँफबेगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले नगरपालिकाले सेल्फ क्वारेन्टिनमा बस्न गरेको आग्रहलाई बेवास्था नगर्न आग्रह गर्नु भएको छ ।

कोरोनाको कहर चलिरहेको समयमा भारत तथा अन्य देशबाट आएका नागरीकहरुलाई साँफेबगर नगरपालिकाले सेल्फ क्वारेन्टिमा बस्न गरेको आग्रहलाई अटेरी नगर्न आग्रह गर्नु भएको हो ।

विश्वभर कोरोना कोविड १९ को सँक्रमण फैलिरहेका बेला साँफेबगर नगरपालिकामा यसको सँक्रमण फैलिन नदिन भारत तथा अन्य देशबाट हालसालै आएकाहरुलाई सुरक्षीत साथ सेल्फ क्वारेन्टिन ( एकान्तवास ) मा बस्न नगरपालिकाले सुचित गरेको अधिकृत शर्माको भनाई छ ।

साँफेबगर नगरपालिकामा हालसालै बिगत १४ दिन यता १ सय ३९ जना सर्वसाधारण भारत र चिनबाट फर्किएका छन । जस मध्य १ जना चिनबाट फर्किएका हुन ।

उनीहरु सवैको तथ्याँक सँकलन गरि उनीहरुमाथी आवश्यक निगरानी राखिएको र हाल सम्म उनीहरुम कुनै पनि किसिमको स्वास्थ्य समस्या नदेखीएको अधिकृत शर्माले बताउनुभयो ।

नगरभित्र कोरोनाको सँक्रमण फैलिन सम्नेमा सतर्कता अपनाउदै १० वटा आईसोलेन वाड निर्माण सँगै स्वास्थ्यकर्मीहरुलाई आवश्यक उपकरण तथा औजारको प्रवन्ध मिलाईरहेको उहाले बताउनु भएको छ ।

जिल्लाकै मुख्य व्यापारी केन्द्र रहेको साँफेबगर बजारमा कफ्र्यु आदेशको समयमा कालोबजारी हुन सक्ने सम्भावनालाई मध्यनगर गरि अनुगमनमा समेत चाँसो राखीएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker