मंगलसेन नगरपालिका द्धारा मंगलसेनमा बस्ने ६ बादी परिवारलाई खाद्यान्न बितरण

होम साउद, अछाम १७ चैत्र ।

मंगलसेन नगरपालिकाले मंगलसेन ५ मा वसोवास गर्ने बादि समुदायलाई खाद्यान्न बितरण गरेको छ ।

६ घरपरिवारका २९ जना बादि समुदायका लागि १० कट्टा चामल, दाल, नुन र तेल सहितका सामग्रि हस्तान्तरण गरिएको हो । नगरपालिकाले घरबार र भुमिहिन बादि समुदायका लागि राहत स्वरुप खाद्यान्न सहयोग गरेको गरिएको जनाईएको छ ।

कोरोना भाईरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायको समस्यालाई मध्यनजर गर्दै खाद्यान्न बितरण गरिएको नगरप्रमुख पदमबहादुर बोहराले बताउनुभयो । मंगलसेनमा बसोवास गर्ने टंकी बादीको ६ जना परिवार, बैरागी बादीको ६ जना परिवार, जोगी बादीको ६ जनाको परिवार, सुपारी बादीको ५ जनाको परिवारलाई २÷२ कट्ठा तथा रेवन्ती बादीको ३ जनाको परिवार र फुंगी बादीको ३ जनाको परिवारलाई १÷१ कट्ठाको दरले चामल सहित खाद्यान्नका सामग्रि बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनलाई कार्यान्वयन गर्न पनि नगरप्रमुख बोहराले सबै नगरवासिमा आग्रह गर्नुभयो । लकडाउनका कारण समस्यामा परेका जो कोहीलाई पनि नगरपालिकाले समस्या पहिचान र प्राथमिकताका आधारमा सहयोग प्रदान गर्ने भन्दै बोहराले नआत्तिन नगरवासिमा अपिल गर्नुभएको छ । यस्तै कोरोना संक्रमणको जोखिमलाई ब्यवस्थापन र क्वारेन्टाईनका लागि सहयोग गर्न ईच्छुक ब्याक्ति तथा संस्थाले दोहोरो नपर्ने गरि नगरको समन्वयमा सहयोग गरिदिन नगरप्रमुख बोहराले आग्रह गर्नुभयो । कोरोना भाईरस संक्रमण न्यूनिकरणका लागि दुरी ब्यवस्थापन सहित खाद्यान्न बितरण गरिएको थियो ।

खाद्यान्न हस्तान्तरणका लागि नगर प्रमुख बोहरा सहित नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, वडानम्वर ११ का अध्यक्ष डबल सिंह भण्डारीको पनि उपस्थिती रहको थियो । यसैविच ः मंगलसेन स्थित भानुज फर्निचर उद्योगले मंगलसेनमा बनाईएको क्वारेन्टाईनमा बस्नेहरुका लागि कम्वल हस्तान्तरण गरेको छ । फर्निचर उद्योगका प्रोपराईटर बिष्णु स्वारले नगरपालिकाका स्टोरकिपर नरेश बहादुर कठायतलाई १० वटा कम्वल हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै, मंगलसेन गरपालिकाले भारतबाट आएका २ जनालाई होम क्वारेन्टाईनमा बस्नका लागि वडाअध्यक्षको जिम्मामा पठाईएको छ । वडानम्वर ११ र १२ का १÷१ जनालाई वडानम्वर ११ को भाडेचाकामा एकान्तवास वस्ने सर्त र बिभिन्न स्वास्थ्य सजगता अपनाउने प्रतिबद्धता सहित सम्वन्धित वडामा पठाईएको छ । वडानम्वर ११ का अध्यक्ष डबलसिंह भण्डारी र १२ का अध्यक्ष प्रेम बहादुर रावलको निगरानीमा क्वारेन्टाईनको नियमानुसार एकान्तवास बस्ने गरि पठाईएको नगरपालिकाका एम आई एस अपरेटर होम साउदले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker