Techie IT

कोरोना नियन्त्रणबारे नेकपा सचेत छ : ईन्चार्ज बोहरा


नेपाल कम्युनिष्ट पार्टि (नेकपा) मँगलसेन नगर कमिटि ईन्चार्ज चन्द्र बोहराले अछाममा कोरोना सँक्रमण फैलीन नदिन पार्टिले आवश्यक भुमिका निर्वाह गरिरहेको बताउनु भएको छ ।

रेडियो बान्नीगढी कोरोना अप्डेटमा कुराकानी गर्दै ईन्चार्ज बोहराले जिल्लामा कोरोना सँक्रमण फैलिन नदिन पार्टिका तर्फबाट आवश्यक भुमिका पुर्ण रुपमा निर्वाह गरिरहेको बताउनु भएको हो ।

जिल्लामा कोरोना नियन्त्रणका लागी आवश्यक पर्ने स्वास्थ्य उपकरण, स्वास्थ्यकर्मीका लागी आवश्यक औजार लगायत पुर्वाधारको व्यवस्थापनका लागी पार्टिले प्रदेश र सँघ सरकारसँग सहकार्य गरेको उहाको भनाई छ ।

सुदुरपश्चिम प्रदेशसँगै अछाम जिल्ला कोरोना सँक्रमणको सम्भावित उच्च जोखीममा रहेको सन्दर्भलाई मध्यनजर गरि यस प्रदेशमा कोरोना नियन्त्रणका लागी आवश्यक प्राथमिक उपकरण, स्वास्थ्य सामाग्रीको व्यवस्थापन भईसकेको र अन्य व्यवस्थापन केहि दिनमा हुने बोहराले उल्लेख गर्नुभयो ।

अछाम जिल्लामा कोरोना नियन्त्रणका लागी गर्नुपर्ने पहल कदममा कुनै पनि कञ्जुस्याई नगर्न नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टिले निर्देशन दिएको बोहराले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टिबाट निर्वाचित साँसदहरुले कोरोना नियन्त्रणका लागी आवश्यक पहल गर्न नसकेको आरोपको खण्डन गर्दै उहाले सरकारमा प्रतिनिधित्व गर्ने नेकपाका साँसदहरुको पहलमा आवश्यक उपकरण बितरणसँगै प्रदेशका बिभिन्न ठाउँमा ल्याव स्थापना हुन लागेको दावी गर्नुभयो ।

नेता बोहराले जिल्लामा कोरना भाईरस फैलिन नदिन तथा आफु पनि सतर्क रहन र आफ्ना घर परिवार सँग समाजलाई पनि सतर्क राख्न जिल्लावासीमा आग्रह गर्नु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस