कोरोना नियन्त्रणमा प्रदेश सरकार सक्रिय छ : अर्थमन्त्री वोहरा ( कुराकानी सहित )

सुदूरपश्चिम प्रदेशका आर्थिक मामीला तथा योजना मन्त्री झपट बोहराले कोरोना नियन्त्रणका लागी आवश्यक भुमिका निर्वाह गरिरहेको दावी गर्नु भएको छ ।

सुदूरपश्चिम प्रदेशलाई कोरोना सँक्रमण फैलीन सक्ने सम्भावीत उच्च जोखीम रहेको प्रदेशका रुपमा हेरिएकोमा यस तर्फ प्रदेश सरकार पुर्ण रुपमा सचेत रहदै आवश्यक सतर्कता अपनाईरहेको अर्थमन्त्री बोहराले दावी गर्नु भएको हो ।

रेडियो बान्नीगढीको कोरोना अप्डेटमा कुराकानी गर्दै अर्थमन्त्री बोहोराले सुदूरपश्चिम प्रदेशका ३ ठाउँमा कोरोना जाँच गर्ने ल्याव साता दिन भित्रै स्थापना भईसक्ने बताउनुभयो । कैलाली, बैतडी र डोटि जिल्लामा कोरोना जाँच गर्ने ल्याव स्थापना हुने उहाको भनाई छ ।

यस्तै प्रदेशका सवै जिल्लामा कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिइ लगायत स्वास्थ्य उपकरण, कोरोना स्वाव सँकलन किट लगायत सामाग्री बितरण कार्य सुरु भईसकेको उहाले जानकारी दिनुभयो ।

कोरोनाको सँक्रमण फैलिन नदिन आवश्यक बजेटको प्रवन्ध गरिएको र स्थानीयहरुलाई पनि बजेट उपलव्ध गराईएको मन्त्री बोहराले उल्लेख गर्नु भएको छ । प्रदेश सरकारले कोरोना नियन्त्रणमा सक्रियता देखाउन नसकेको आरोपको खण्डन गर्दै मन्त्री बोहराले कोरोना नियन्त्रका लागी सुदूरपश्चिम प्रदेश सरकार गम्भीर बनेर लागीरहेको दावी गर्नुभयो ।

जस अन्र्तगत प्रदेशमा ३ वटा ल्याव साता दिन भित्रै निर्माण हुन लागेको,सवै जिल्लामा आवश्यक स्वास्थ्य उपकरणको उपलव्धता भएको र अन्य आवश्यक पुर्वाधारको व्यवस्थापन भईरहेको अर्थमन्त्री बोहराले बताउनुभयो ।

कोरोना नियन्त्रणका लागी बजेट अभाव हुन नदिन प्रदेश सरकारले ४० करोडको कोष खडा गरिसकेको र आवश्यक परेको खण्डका बजेट थप गरीने उहाको भनाई छ ।

कोरोनाको सँक्रमण फैलिन नदिन लग डाउनको समय बढाईएको सन्दर्भमा दैनीक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने बिपन्न बर्गलाई राहात उपलव्ध गराउन र भारतमा अलपत्र परेका नेपालीहरुको उद्धार र व्यवस्थापनका लागी भारत सरकार सँग पहल भईरहेको उहाले दावी गर्नुभयो ।

विश्वका शक्तिशाली राष्टहरु पनि कोरोनाको अगाढि घुँडा टेकिरहेको अवस्थामा यसको सँक्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो क्षमता अनुसार सवै प्रयास गरिरहेको बताउदै मन्त्री बोहराले कोराना नियन्त्रणका लागी सवै नेपालीले एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

आवश्यक स्वास्थ्य उपकरणको अभावका बिच कोरोना नियन्त्रणमा जोखीम मोलेर कर्तव्य निर्वाह गरिरहेका सम्पुर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गर्दै उहाँले आभार व्यक्त गर्नु भएको छ ।

कोरोनाको सँक्रमण फैलिन नदिन र यसको प्रभावलाई न्युनिकरण गर्न केन्द्र सरकार देखी प्रदेश सरकार र स्थानीय सरकार गम्भीर भएर लागीपरेको बताउदै उहाले यतिवेला सरकारले गरेका आग्रह र निर्देशन सर्वसाधारणले अक्षरस पालना गरि सहयोग गर्न आग्रह गर्नुभयो ।

यस्तै लगडाउनको समय थप लम्बीन सक्ने जानकारी गराउदै मन्त्री बोहराले यस प्रदेशमा दैनिक उपभोग्यका सामान तथा खाद्यान्नका सामाग्रीको अभाव हुन नदिने दावी गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker