मंगलसेन नगरपालिकाद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

होम साउद, अछाम १८ चैत्र ।
कोरोना भाईरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मंगलसेन नगरपालिकाले नगर क्षेत्रभीत्रका सबै १२ वटै स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधि तथा अन्य सामग्रि हस्तान्तरण गरिएको छ ।
नगरको स्वास्थ्य शाखा मार्फत खरिद गरिएका औषधी र स्वास्थ्य सामग्रिहरु हस्तान्तरण गरिएको हो ।
नगरपालिकाको गाडिबाट सम्वन्धित स्वास्थ्य संस्थामा औषधि पुगाईएको नगरको स्वास्थ्य शाखा संयाजक मान बहादुर सोडारीले बताउनुभयो । स्वास्थ्य संस्थालाई तत्कालिन आवश्यक पर्ने औषधि सहित सेनेटाईजर, मास्क, ग्लोभ्स लगायतका सामान उपलब्ध गराईएको स्वास्थ्य संयोजक सोडारीले बताउनुभयो ।
शाखाले अहिले हरेक स्वास्थ्य संस्थाबाट ज्वरो रिर्पोटिङ गरिरहेको र कोरोना भाईसरसको सम्भावित जोखिम न्यूनिकरणका लागि स्वास्थ्यकर्मीलाई विशेष रुपमा परिचालन गरिएकोले भन्दै सबै जनतालाई स्वास्थ्य सजगता अपनाउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले आग्रह गर्नुभयो ।
नगरवासिलाई मास्कको प्रयोग गर्न, सावुनपानी वा सेनेटाईजरले हात धुन, एकान्तवास गर्न र ज्वरो तथा रुघाखोकी लागेमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्रमुख प्रशासकीय अधिकृत शाहले अनुरोध गर्नुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस