श्रीमान बितेको केहिबेरमै श्रीमतीले पनि सँसार छोडिँन्

अछाममा श्रीमानले प्राण त्यागेको केहि घण्टामै श्रीमतीले पनि प्राण त्यागेकि छन । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा यस्तो घटना भएको हो ।
बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर १ गाँज्रामा श्रीमनको देशवसान भएको भएको केहि घण्टामा उनकी धर्मपत्नीले सँसारबाट बिदा लिईन ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर १ गाँज्रामा वस्दै आएका गगन खड्काको बुधवार राती ११:३० बजे निधन भएको थियो ।
क्यान्सर रोगवाट पिडित खड्का डेढ महिना अघिमात्रै भारतबाट उपचार गरि गाउँ फर्किएका थिए । श्रीमानको निधनसँगै ६० बर्षीया पत्नी जानकि खड्का शोकाकुल र भावविहल बनेकि थिईन ।
बुधवार राती प्राण त्यागेका खड्काको अन्त्यष्टिका लागी आफन्तहरुले उनको शवलाई बिधिपुर्वक बुढिगँगा लिईरहेका थिए ।
गाउँबाट खड्काको शवलाई अन्त्यष्टिका लागी घरबाट केहि टाढा सालामाडुमा पुर्याईसके पछि उनकी धर्मपत्नी जानकी खड्काले पनि सँसारबाट विदा लिएको खवर आयो ।
बिहिवार बिहान करिव सवा ११ बजे उनले पनि प्राण त्यागेको स्थानीयले मलामीहरुलाई खवर गरेसँगै केहि मलामीहरु फर्किएर खड्काकी पत्नीको शव लिएर बुढिगँगा नदिमा पुगेका थिए ।
श्रीमानले प्राण त्यागेको केहिबेरमै पत्नीले पनि सँसारबाट विदा लिएपछि स्थानीय भावविहलसँगै आश्चर्यमा परेका स्थानीय राम बहादुर थापाले जनकारी दिएका छन ।
१ छोरा र २ छोरी गरि ३ सन्तान रहेका खड्का दम्पतीको उनका छोरा महेन्द्र खड्काले विहिवार साँफेबगर स्थित बुढिगँगा नदिमा अन्त्यष्टि गरेका छन ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस