Techie IT

घरदैलोमा खाद्यान्न पुर्याउन सक्रिय : मेल्लेख गाउँपालिका अध्यक्ष बोहरा


मेल्लेख गाउँपालिकामा नागरीकको घरदैलोमै खाद्यान्न तथा दैनिक उपभोग्का सामाग्री बिरण गरिने भएको छ ।

कोरोनाको सँक्रमण फैलिन नदिन देशलाई पुर्ण रुपमा लगडाउन गरिएका बेला मेल्लेख गाउँपालिकाका प्रत्येक घरदैलोमा खाद्यान्न पुर्याउन लागीएको हो ।

लकडाउनको समयमा गाउँपालिकामा खाद्यान्न लगायत दैनीक उपभोग्यका सामाग्रीहरुको अभाव हुन नदिन नागरीकहरुको घरदैलोमै पुगेर बितरण गर्न लागीएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनुभयो ।

चामल, नून, तेल र चिनि सहकारी मार्फत सहुलियतमा घरघरमा वितरण गरिने अध्यक्ष बोहराको भनाई छ । धनगढीको मुल्यमा नागरीकहरुको घरदैलोमै सहकारी मार्फत तीँ सामाग्री उपलव्ध गराईने उहाले बताउनुभयो ।

गाउँपालिकामा १ सय क्विन्टल नून पुगिसकेको र १ सय ७० क्विन्टल चामल शुक्रवार सम्म आईपुग्ने बताईएको छ । जनताको चुलोमा खाद्यान्न कार्यक्रम अन्र्तगत संकटको घडिमा समस्या हुन नदिन गाउँपालिकाले घरदैलोमै खाद्यान्न लगायत दैनीक उपभोग्य सामाग्री पु¥याउन लागेको हो ।

यस अघि पनि मेल्लेख गाउँपालिकाले पालिकाका बिभिन्न ५ वटा वडामा ३ सय क्विन्टल चामल सहकारी मार्फत वितरण गरेको थियो । प्रति परिवारले एक क्विन्टल चामल खरिद गर्न पाउने व्यवस्था भएपनि आवश्यकता अनुसार थप चामल पनि बितरण गर्न सकिने अध्यक्ष वोहराले बताउनुभयो ।

गाउँपालिकाले आवश्यकता अनुसार निरन्तर रुपमा धनगढीबाट चामल ढूवानी गर्नुका साथै अति विपन्न तथा आर्थिक स्रोत नभएका परिवारलाई निःशुल्क खाद्यान्न वितरण गर्ने अध्यक्ष वोहराले जानकारी दिनु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस