कोरोना नियन्त्रणमा बान्नीगढीका जनप्रतिनिधि जिम्मेवार बनेनन् : नेकपा नेता रावल (कुराकानी सहित)

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला सचिवालय सदस्य जगत रावलले बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधिहरु कोरोना नियन्त्रणमा सक्रिया बन्न नसकेको औल्याउँनु भएको छ ।

कोरोना नियन्त्रणका लागी आवश्यक क्रियाकलाप अगाढी बढाउनु पर्ने तर्फ गाउँपालिकाका जनप्रतिनिधिले जिम्मेवारी निर्वाह गर्न नसकेको नेता रावलले औँल्याउँनु भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकाका तर्फबबाट कोरोना नियन्त्रणका लागी सामान्य क्रियाकलाप अगाढी बढाईएको भएपनि तीँ क्रियाकलाप प्रभावकारी बन्न नसकेको रावलको भनाई छ ।

कोरोना सँक्रमणको सम्भावीत जोखीमलाई मध्यनजर गर्दै जयगढमा निर्माण गरिएको क्वारेन्टाईन समेत गाउँपालिकाले व्यवस्थीत गर्न नसकेको नेता रावलले आरोप लगाउनुभयो ।

पालिकाका वडा तथा टोलहरुमा जनप्रतिनिधिहरु उपस्थित भएर नागरीकहरुलाई सतर्क बनाउन अग्रसर भए यसले सकारात्मक प्रभव पर्ने बताउदै उहाले जनप्रतिनिधिहरु टोल टोलमा सुरक्षीत साथ पुगेर नागरीकहरुलाई आवश्यक आग्रह तथा अनुरोध गर्न सक्रिय हुन जरुरी भएको औल्याउँनु भएको छ ।

कोरोनाको कहर चलिरहेको बेला बान्नीगढीका जनप्रतिनिधिहरु मोवाईल अफ गरेर बसेको समेत पाईएको नेता रावलले खुलासा गर्नुयो ।

बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना नियन्त्रणका लागी भईरहेको गतिविधिका बारेमा जानकारी लिन तथा पार्टिका तर्फबट आवश्यक सुझाव दिन जनप्रतिनिधिलाई सम्पर्क गर्दा उनीहरुको मोवाईल अफ रहेको समेते भेटिएको उहाँले खुलासा गर्नु भएको हो ।

कोरोना सँक्रमण फैलिन नदिन देशलाई नै लगडाउन गरिएको अवस्थामा बान्नीगढी जयगढ गाउँपालिकामा कालोबजारी समेत भईरहेको गुनासो आएको तर्फ समेत सचेत रहन रावलले आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker