Techie IT

बान्नीगढीका जनप्रतिनिधिले कोरोनाबारे भाषण र निर्देशन बाहेक केहि गरेनन् : काँग्रेस नेता रावल


नेपाली काँग्रेस बान्नीगढी जयगढ गाउँ कार्यसमिति सचिव सुरत रावलले बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधिले कोरोना सँक्रमण फैलिन नदिन पार्टिका तर्फबाट सुभाव ग्रहण नगरेको बताउनु भएको छ ।

कांग्रेसका तर्फबाट बहुमत रहेको बान्नीगढी गाउँपालिका सरकारका जनप्रतिनिधिलाई कोरोना नियन्त्रणका लागी आवश्यक सुझाव सल्लाह दिन खोज्दा समेत उनीहरुले बेवास्था गरेको नेता रावलले बताउनु भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना नियन्त्रणका लागी आवश्यक क्रियाकलाप जनप्रतिनिधिका तर्फबाट हुन नसकेको नेता रावलको भनाई छ ।

कोरोना सँक्रमण नियन्त्रणका लागी गाउँपालिकाका जनप्रतिनिधिले भाषण गर्ने र निर्देशन दिने बाहेक कुनै पनि काम गरेको नदेखीएको नेता रावलले बताउनुभयो ।

नागरीकहरुलाई कोरोनाको सँक्रमणबाट बच्न अपनाउनु पर्ने सतर्कता लगायतका बिषयमा जनप्रतिनिधि नै गाउँटोल पुगेर सुझाव दिएमा प्रभवकारी हुनेमा जनप्रतिनिधिले त्यस्तो गर्न नसकेको भन्दै रावलले जनप्रतिनिधिको आलोचना गर्नु भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली काँग्रेसको बहुमतको सरकार रहदा समेत पार्टिले सुझाव सल्लाह दिन किन नसकेको हो भन्ने प्रश्नमा नेता रावलले पार्टिका तर्फबाट सुझाव दिन खोज्दा समेत सरकारले राम्रै काम गरिरहेको दावी गर्दै जनप्रतिनिधिले पार्टिको सुझाव ग्रहण गर्न तयार नभएको खुलासा गर्नुभयो ।

जिल्लालाई पुर्ण रुपमा लगडाउन गरिएसँगै बान्नीगढी जयगढ गाउँपालिकाका ग्रामिण टोल बस्तीमा खाद्यान्नको अभाव हुने स्थिति आईसकेको र नुन,तेल,सावुन, रिचार्ज कार्ड लगायतको अभाव भईसकेको रावलले दावी गर्नु भएको छ ।

रावलसँगको टेलीफोन सँवाद


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस