मंगलसेन नगरपालिकाका १३ वटा वडामा २८ सय ५० मास्क बितरण

नगरप्रमुख बोहराद्धारा बिभिन्न वडाको वस्तुस्थितीबारे जानकारी

होम साउद, अछाम २१ चैत ।

कोरोना भाईरस संक्रमणको सम्भावित जोखिमलाइ मध्यनजर गर्दै मंगलसेन नगरपालिकाले विभिन्न १३ वटा वडामा मास्क बितरण गरेको छ ।

बिहिबार ६ वडामा १२ सय मास्क बितरण गरिएकोमा शुक्रबार थप ७ वडामा १६ सय ५० थान मास्क बितरण गरिएको हो । नगरप्रमुख पदमबहादुर बोहरा र प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह सहितको टोलिले आज वडानम्वर १, २, ३, ४, ५, ६ र ७ का वडा कार्यालय तथा स्वास्थ्य संस्थामा पुगेर कोरोना संक्रमणको सम्भावित जोखिमको अवस्था र नगरमार्फत अपनाईएको पूर्वतयारीका सन्र्दभमा जानकारी दिईएको हो ।

नगरप्रमुख बोहराले विभिन्न वडा र स्वास्थ्य संस्थामा पुगेर मास्क उपलब्ध गराई स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई जनताको मनोबल गिर्न नदिन सचेतनामूलक कार्य गर्न आग्रह गर्नुभयो । वडा कार्यालय र स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको मास्कहरु गाउमा रहेका बिरामी, अशक्त, सामाजिक अभियानकर्मि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतलाई आवश्यकताका आधारमा बितरण गर्न नगरप्रमुख बोहराले निर्देशन दिनुभयो ।

यस्तै नगरपालिकाले वडा स्तरमा ज्याला मजदुरि गरि खाने श्रमिक वर्गको तथ्यांक संकलन तथा भारतबाट आएका ब्याक्तिहरुको तथ्यांक अध्यावधिक एवं संकलनका लागि वडा कार्यालयलाई फम्र्याट उपलब्ध गराई आवश्यक निर्देशन दिईएको छ । विश्वब्यापि महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्युनिकरणका लागि नगरपालिका निरन्तर खटिरहेकोले कसैले चिन्तित नहुन भन्दै नगरप्रमुख बोहराले सबै सुरक्षित हुन, लकडाउनको पालना गर्न र एकान्तवास वस्न आग्रह गर्नुभयो ।

स्वास्थ्यकर्मीहरुले उच्च मनोवलका साथ सेवा गर्न, कर्मचारीले पनि चेतना फैलाउने, अन्य सामाजिक अभियन्ता र राजनितीक कार्यकर्ताले पनि कोरोना बिरुद्धको अभियानमा सरिक हुन आग्रह गर्नुभयो । बिभिन्न वडाका वडा अध्यक्षहरु र स्वास्थ्यकर्मीहरुले गाउँमा लकडाउनको उलंघन नभएको, कोरोनासंग सम्वन्धित लक्षण भएका बिरामी नभेटीएको रिर्पोटिङ गरेका थिए ।

वडानम्वर १ का अध्यक्ष गोपाल थापा र स्वास्थ्यचौकी कुन्तिवण्डालीका अहेव खेमलाल चौधरी, २ का अध्यक्ष मान बहादुर बोगटी, ३ का अध्यक्ष पदम सिंह भाट, ४ का अध्यक्ष पदम बहादुर धामी, ५ का अध्यक्ष हरीप्रसाद ढुंगाना, ६ का अध्यक्ष जनकराज भण्डारी र सहरी स्वास्थ्य क्लिनिकका सहईञ्चार्ज अनिता भण्डारी, ७ का अध्यक्ष शिद्धराज ढुंगाना र स्वास्थ्यचौकी जनालीवण्डालीका निमित्त ईञ्चार्ज नर बहादुर बिष्टलाई मास्क हस्तान्तरण गरिएको थियो । वडानम्वर ७ मा संविधानसभा सदस्य भैरे कामीको विशेष उपस्थिती रहेको थियो भने नगरपालिकाको तर्फबाट माईकिङ समेत गरिएको थियो ।

मास्क बितरण टोलिमा नगरप्रमुख पदमबहादुर बोहरा सहित प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, योजना अधिकृत खकेन्द्र बहादुर सोडारि, स्टोरकिपर नरेश बहादुर कठायत, एमआईएस अपरेटर होम साउदको सहभागिता रहेको थियो ।

शनिबार नगरपालिकाको वडानम्वर १३ बस्तीमा पनि स्थलगत बस्तुस्थिति बुझ्ने र मास्क बितरण कार्य गरिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker