Techie IT

कालोबजारी गर्नेलाई कडा कार्वाहि गर्न तयार छु : गाउँपालिका अध्यक्ष खड्का


बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले लगडाउनको समयमा कालोबजारी भए गरेको पाईएमा खवर गर्न आग्रह गनु भएको छ ।

लगडाउनको अवधिमा बजार मुल्य भन्दा बढि मुल्यमा सामानहरु बिक्रि बितरण तथा कालोबजारी भएमा तथा भईरहेको भेटिएमा आफुलाई खवर गर्न गाउँपालिका अध्यक्ष खड्काले आम नागरीकलाई आग्रह गर्नु भएको हो ।

लगडाउनको मौकामा कालोबजारी गरेको भेटिए यस्तो कार्य गर्ने जो सुकैलाई पनी कार्वाहि गर्ने उहाको भनाई छ ।

यसै बिच कोरोनाको सँक्रमण फैलिन नदिनका लागी बान्नीगढी जयगढ गाउँपालिकाले बिभिन्न क्रियाकलाप सँचालन गरिरहेको अध्यक्ष खड्काले बताउनु बताउनु भएको छ ।

रेडियो बान्नीगढीको कोरोना अप्डेटमा टेलिफोन संवाद गर्दै गाउँपालिका अध्यक्ष खड्काले शुक्रवार मात्रै गाउँपालिकाका बिभिन्न वडा कार्यालय मार्फत डिट्टल सावुन सामाग्री बितरण गरिएको बताउनुभयो ।

कोराना सँक्रमण फैैलिन नदिनका जिल्ला स्वास्थ्य कार्यालय मार्फत गाउँपालिकामा प्राप्त भएका बिभिन्न स्वास्थ्य सामाग्रीहरु पनि स्वास्थ्य चौकिलाई हस्तान्तरण गरिएको अध्यक्ष खड्काले बताउनु भएको छ ।

लगडाउनको समयमा गाउँपालिकामा खाद्यान्न लगायत दैनीक उपभोग्यका सामाग्रीहरुको अभाव हुन नदिनका लागी सचेत रहेको र यस तर्फ पनि ध्यान दिईएको उहाले बताउनुभयो ।

दैनीक ज्यालादारी गरेर खाने तथा बिपन्न बर्गहरुलाई लगडाउनको समयमा खान लाउन समस्या भएको गुनासो आएको खण्डका उनीहरुलाई बान्नीगढी जयगढ गाउँपालिकाले आवश्यक खाद्यान्न लगायतका सामाग्री बितरण गर्ने गाउँपालिका अध्यक्ष खड्काले उल्लेख गर्नु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस