Techie IT

बिपन्न बर्गलाई राहात दिने तर्फ ध्यान दिन जरुरी छ : समाजसेवी साउँद


नेपाली काँग्रेस अछामका पुर्व पार्टि सचिव टेक बहादुर साउँदले लगडाउनको समयमा दैनीक ज्यालादारी गरि खाने तथा आर्थिक आयस्तर कमजोर भएका नागरीकलाई स्थानीय सरकारले राहात उपलव्ध गराउनु पर्नेमा जोड दिनु भएको छ ।

कोरोनाको सँक्रमण फैलिन नदिन देशलाई पुर्ण रुपमा लगडाउन गरिएको अवस्थामा दैनीक ज्यालादारी गरी खाने तथा आर्थीक स्थिति कमजोर भएका नागरीकहरुलाई समस्या पर्न नदिन स्थानीय सरकारले राहात दिनुपर्नेमा जोड दिनु भएको हो ।

जिल्लामा कोरोना नियन्त्रण गर्न तथा फैलिन नदिनका लागी स्थानिय सरकार तथा प्रशासनले गरिरहेका क्रियाकलापमा आम नागरीकहरुले रचनात्मक सहयोग गर्नुपर्ने नेता साउँदको भनाई छ ।

अछाम जिल्लाबाट निर्वाचित साँसद तथा सरकारमा सहभागी मन्त्रीहरुका तफबार्ट अछाममा कोरोना नियन्त्रका क्षेत्रमा आवश्यक भुमिका निर्वाह हुन नसकेको उहाले बताउनु भएको छ ।

देशलाई पुर्ण रुपमा लगडाउन गरिएको अवस्थामा भारतीय सिमामा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न तर्फ सरकारले आवश्यक कदम उठाउन नसकेको भन्दै उहाले सरकारको आलोचना समेत गर्नु भएको छ ।

भारतमा समस्यामा परेका तथा सिमामा अलपत्र परेका नागरीकहरुको उद्धारमा सरकारले आवश्यक कदम उठाउनु पर्नेमा साउँदले जोड दिनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस