बान्नीगढी गाउँपालिकाद्धारा वडा कार्यालयलाई स्वास्थ्य तथा सरसफाई सामाग्री बितरण

बान्नीगढी जयगढ गाउँपालिकाका ६ वटै वडाहरुमा स्वास्थ्य तथा सरसफाई सामाग्री बितरण गरिएको छ ।

गाउँपालिकाका वडा नम्बर १ देखी वडा नम्बर ६ सम्मका सवै वडा अध्यक्षहरुलाई सावुन लगायतका स्वास्थ्य तथा सरसफाई सामाग्री ग्लोभ्स,स्यानेटाईजर,सावुन बितरण गरिएको हो ।

बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का,उपाध्यक्ष लोक बहादुर साउँद, स्वास्थ्य शाखा प्रमुख बसन्त रावल लगायतको टोलीले वडा कार्यालयमा तीँ सामाग्री बितरण गरेको बताईएको छ ।

यस्तै अन्य केहि आवश्यक सामाग्री भोली पनि बितरण गरिने स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker