‘कोरोना बारे अफवाह’फैलाउने युवक पक्राउ

कञ्चनपुरमा कोरोना भाइरस (कोभिड १९) सम्बन्धि अफवाह फैलाउने एक जना पक्राउ परेका छन् ।
महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने एक व्यक्तिलाई शुक्रवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोपाल सुनार रहेका छन् ।
उनलाई कोरोना बारे सामाजिक सञ्जालमा अपवाह फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।
पक्राउ परेका सुनारले शुक्रवार बिहान सामाजिक सञ्जालमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर सामाजिक सञ्जालमा लेखेका थिए ।
उनी दुई साता अगाडि मात्रै भारतमा मजदुरी गरी घर फर्किएको खुलेको छ ।
लकडाउनको अवेज्ञा गरेको देखेर मानिसहरुलाई तर्साउन सामाजिक सञ्जालमा हल्ला फैलाएको उनले प्रहरी कहाँ बयान दिएका छन् ।
सामाजिक सञ्जालमा गलत हल्ला फैलाएर भ्रम सृजना गर्न खोजेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस