मास्क बितरणमा अनियमितताको आरोप पुष्टि गर्न अधिकृत माझीको चुनौती (कुराकानी सहित)

पञ्चदेवल बिनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम माझीले नगरमा मास्क बितरणमा अनियमितता भएको आरोप गलत रहेको दावी गर्नु भएको छ ।
कोरोना नियन्त्रणका लागी पञ्चदेवल बिनायक नगरपालिकाले बितरण गरेका मास्कमा आर्थिक अनियमितता भएको आरोप गलत रहेको गलत रहेको दावी गर्नु भएको हो ।
रेडियो बान्नीगढीको कोरोना अप्डेटमा कुराकानी गर्दै अधिकृत माझीले नगरलाई बदनाम गर्न केहि व्यक्तीहरुले आनहकमा भ्रष्टाचार भएको हल्ला फिँजाएको बताउनु भएको छ ।
नगरपालिकाले बिभिन्न वडामा मास्क बितरणमा हालसम्म १ लाख ८० हजार मात्र खर्च गरेको अधिकृत माझीले बताउनुभयो ।
मास्क उत्पादन तथा बितरणमा नगरपालिकामा आर्थिक अनियमितता भएको चौतर्फी हल्ला फिँजाइएको बिषयमा आपत्ती जनाउदै अधिकृत माझीले मास्क वितरणमा भ्रष्टाचार भएको आरोप पुष्टि गर्न चुनौती दिनु भएको छ ।
बाहिरबाट तत्काल आपुर्ति हुन नसक्ने अवस्थामा स्थानीय स्तरमा उपलब्ध सामग्री प्रयोग गर्दा मास्कको गुणस्तरमा कमजोरी भएको हुनसक्ने तर स्थानीय स्तरमै उपलब्ध सामग्रीको प्रयोग गर्नु बाध्यता रहेको अधिकृत माझीले बताउनुभयो ।
नेपालगन्ज सुर्खेत लगायतका बजारबाट मास्क उपलब्ध हुन नसकेपछि बजारबाट मास्क प्राप्त गर्न नसकिएसम्मको लागि मात्रै स्थानीय बजारमा भएको सामग्रीबाट मास्क निर्माण गरि वितरण गरिएको उहाले उल्लेख गर्नुभयो ।
नगर कार्यपालिका सदस्यहरुको निर्णय अनुसार नै स्थानीयस्तर मै मास्क उत्पादन तथा बितरण गरिएकोमा जनप्रतिनिधिहरु यसको कुप्रचारमा लागेकोप्रती अधिकृत माझीले आपत्ती जनाउनु भएको छ ।
कुराकानी