Techie IT

खाद्यान्न अभाव लगायत कुनै समस्या भए आफुलाई खवर गर्न अध्यक्ष ठकुल्लाको आग्रह


बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ मा सावुन लगायत स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाले वडा कार्यालयलाई हस्तान्तरण गरेका सावुन लगायत स्वास्थ्य समाग्री बितरण गरिएको हो ।

वडा कार्यालयलाई प्राप्त ६५० पिस डिट्टल सावुन नागरिकको घरदैलोमै पुगेर तथा स्वास्थ्य स्वयमसेविका मार्फत वडावासीलाई बितरण गरिएको वडा अध्यक्ष कर्ण ठकुल्लाले बताउनु भएको छ ।

वडा कार्यालयका तर्फबाट यस अघि नै वडाका नागरीकहरुलाई मास्क बितरण गरिसकेको अध्यक्ष ठकुल्लाले बताउनुभयो ।

जिल्लालाई पुर्ण रुपमा लगडाउन गरिएको अवस्थामा वडाका नागरीहरुलाई खाद्यान्न लगायत दैनी उपभोग्यका सामाग्रीहरुको अभाव भए नभएको बारे नागरीकहरुवाट जानकारी लिने काम जारी रहेको अध्यक्ष ठकुल्लाले उल्लेख गर्नुभयो ।

हाल सम्म वडामा २० जना अति गरिव तथा बिपन्नको तथ्याँक सँकलन गरिसकिएको र उनीहरुलाई आवश्यक राहात बितरणका लागी पहल गरिरहेको उहाले बताउनु भएको छ ।

वडामा कुनै पनि नागरिकलाई स्वास्थ्य समस्या,खाद्यान्न अभाव लगायत कुनै पनि किसिमको समस्या भएमा वडा कार्यालय तथा आफुलाई जानकारी गराउन अध्यक्ष ठकुल्लाले आग्रह समेत गर्नु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!