भारतहुदै आउनेबाट सुदुरपश्चिम र कर्णाली प्रदेशमा कोरोना अझै फैलिएको हुन सक्ने आशंका (भिडियो सहित)

सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये कैलालीका दुई र कञ्चनपुरका एक जना छन् । तीमध्ये दुई जना भारतबाट फर्किएका हुन्।
मन्त्रालयका अनुसार भारतको उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय र मुम्बईबाट आएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको हो। यस्तै, धनगढीका कोरोना संक्रमित एक व्यक्तिका आफन्तलाई पनि कोरोना संक्रमण देखिएको छ। यो संगै भारतबाट आएकाबाट सुदुरपश्चिम र कर्णाली प्रदेशमा कोरोना अझै फैलिएको हुनसक्ने आशंका बढेको छ ।
नेपालमा स्वदेशमै रहेकालाई कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो। यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।
यो सहित नेपालमा कोरोना संक्रमण ९ जनामा देखिएको छ। चीनबाट फर्किएका एकजनामा निको भइसकेको छ। अन्य संक्रमितमध्ये २ जनाको टेकु अस्पताल र २ जनाको बाग्लुङ र एक जनाको धनगढीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
OS नेपालबाट साभार
थप जानकारीको लागी पुरा भिडियो हेर्नुहोस्
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस