मेल्लेख गाउँपालिकाद्धारा निशुल्क खाद्यान्न बितरण

लाल चँदारा,चैत्र २२ अछाम ।

मेल्लेख गाउँपालिकाले अति गरिव तथा बिपन्न परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको छ ।

जिल्लालाई पुर्ण रुपमा लगडाउन गरिएका बेला उनीहरुलाई गाउँपालिकाले निशुल्क रुपमा खाद्यान्न बितरण गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ७ नन्देगडाका ३० परिवार र वडा नम्बर ८ हाक्तिकोटका २० परिवारलाई निशुल्क रुपमा खाद्यान्न सामाग्री बितरण गरिएको बताईएको छ ।

मेल्लेख गाउँपालिकाको आकस्मिक बैठकबाट एकल महिला, बृद्धबृदा, असहाय, टुहुराहरुलाई निशुल्क खाद्यान्न सामाग्री वितरण गर्ने निर्णय अनुसार उनीहरुलाई चामल, नुन, र तेल बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रत्येक परिवारलाई २५ केजि चामल, १ केजी नुन र १ पोका तेल निशुल्क रुपमा बितरण गरिएको गाउँपालिकाका निमित्त प्रमुुख प्रशासकिय अधिकृत हिक्मत बुढाले बताउनु भयो । अन्य वडामा रहेको एकल महिला, बृद्धबृदा, असहाय, टुहुराहरुको तथ्याँक सँकलन गरि उनीहरुलाई पनि खाद्यान्न सामाग्री बितरण गरिने बुढाको भनाई छ ।

जिल्लालाई पुर्ण रुपमा लगडाउन गरिएका बेला एकल महिला, बृद्धबृदा, असहाय, टुहुराहरुलाई दैनीक जीवनयापनमा समस्या नहोस भन्नका लागी राहात उपलव्ध गराउन र कोरोनाको संक्रमण फैलिन नदिन कार्यक्रम सँचालन गर्न मेल्लेख गाउँपालिकामा १० लाखको आकस्मिक कोष गरिने गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहले बताउनु भएको छ ।

राहत बितरणमा वडा नम्बर ६ का वडा अध्यक्ष नरपति रावल, वडा नम्बर ७ का अध्यक्ष नर बहादुर साउद ८ का अध्यक्ष खकेन्द्र साउद लगायतको सहभागिता रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker