संभावित संक्रमितको जाँच समयमै नगरे भयावह स्थिति आउछ : डाक्टर गौचन (कुराकानी सहित)

अछाममा कोरोना सँक्रमणको लागी स्वाव सँकलन गर्ने भिटिएमको अभाव हुदा समस्या हुने देखीएको छ ।
जिल्लामा भारतबाट हालसालै भित्रिएका तथा कोरोनाको आशँका गरिएकाहरुको परिक्षणका लागी स्वाव सँकलन गर्ने स्वास्थ्य उपकरण भिटिएमको अभाव हुदा समयमै रोगको पहिचान गर्न समस्या हुने देखीएको हो ।
सुदूरपश्चिममा शनिवार मात्रै ३ जना कोरोनाका नयाँ सक्रमित भेटिएको अवस्थामा अछाम जिल्लामा पनि कोरोनाको सँक्रमण रहेको हुने आशँका गरिएका नागरीकहरुको स्वाव सँकलन गरि पठाउने उपकरण भिटिएमको अभाव रहेको स्वास्थ्यकर्मीले बताएका छन ।
सयौँको सँख्यामा गौरीफन्टाबाटा उद्धार गरिएका मध्य एक जना युवकमा कोरोना सँक्रमणको पुष्टि भईसकेकोमा उक्त समुहबाट उद्धार गरिएका ५३ जनालाई मँगलसेनमा निर्माण गरिएको करेन्टाईनमा राखीएको छ ।
मँगलसेनमा राखीएका ५३ जना नागरीकहरुमा पनि कोरोनाको परिक्षण गर्नुपर्नेे देखीएको छ तर अछाममा भने स्वाव सँकलन गर्ने २० वटा मात्रै भिटिएम मौज्दात रहेको बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले बताउनुभयो ।
अछाममा लगडाउनको केहि दिन अगाडि मात्रै भारतबाट हजार १ हजार बढि नागरिक भित्रिएको तथ्याँकले देखाउछ ।
वयालपाटा अस्पतालमा कोरोनासँग मिल्दा जुल्दा लक्षण देखीएका ३ जनालाई आईसुलेसनमा राखेर उपचार भईरहेको छ भने उनीहरुमा कोरोना सँक्रमण भए नभएको जाँच गर्न स्वाव सँकलन गरि प्रादेशीक अस्पतालमा पठाईएको डाक्टर गौचनले बताउनुभयो ।
जिल्लामा कोरोनाको सँक्रमणको अवस्थाका बारेमा जान्नका लागी हालसालै भारतबाट भित्रिएका नागरीकको स्वास्थ्य जाँच गर्नु जरुरी रहेको गौचनको भनाई छ ।उनीहरुको नमुना सँकलन गरि पठाउन आवश्यक पर्ने भिटिएमको तत्काल व्यवस्थापन गर्नुपर्नेमा उहाले जोड दिनु भएको छ ।
समयमै कोरोना परिक्षण गर्न नसकिएमा जिल्लामा कोरोना सँक्रमणको जोखीम फैलिन सक्ने भएकाले यसका लागी आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन समयमै गर्नुपर्नेमा डाक्टर गौचनले जोड दिनुभयो ।
जिल्लामा कोरोना सँक्रमण भए नभएको बारेमा समयमै जाँच गर्न नसकिरहेको अवस्थामा सम्पुर्ण नागरीक सचेत बन्नु निकै आवश्यक हुने उहाको भनाई छ ।
सुरक्षीत साथ घरमै बस्ने, बेलाबेलामा सावुन पानीले हात धुने,भिडभाड नगर्ने,खोक्दा तथा हाच्छ्यु गर्दा हातको कुईना तथा रुमालले मुख छोप्ने अत्यावश्यक काममा घरबाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्ने जस्ता कार्यमा बिशेष शतर्कता अपनाउन सकेमा कोरोनाको सँक्रमणबाट बच्न सकिने भएकाले सवै नागरिकले यसको पालना गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
अछाम लगायत सुदूरपश्चिममा हालसालै भारत लगायतका मुलुकबाट नागरीकहरु उल्लेख्य मात्रामा भित्रिएका कारण जोखीम बढेका कारण नागरीकहरुले एक अर्काको प्रत्यक्ष सम्पर्कमा नजानु नै उचित हुने उहाको भनाई छ ।
भारत लगायतका मुलुकबाट आएका नागरीकहरुले आफुमा दश,बार्ह दिन सम्म पनि कुनै लक्षण नदेखीएका कारण ढुक्कसँग बस्ने अवस्था नरहेकोमा जोद दिदै डाक्टर गौचनले अझै केहि समय अलग्गै बसेर व्यक्ति व्यक्तिबिचको दुरी कायम गर्नुपर्ने बताउनुभयो ।
कोरोना सँक्रमणको दर अछाममा फैलीहालेको खण्डका भयावह स्थिति हुनसक्ने भएकाले स्वास्थ्यकर्मी तथा स्थानीय प्रशासनले गरेको आग्रहलाई अक्षरस पालना गर्न डाक्टर गौचनले सवैमा आग्रह गर्नु भएको छ ।
डाक्टर गौचनसँगको कुराकानी
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस